उपकुलपति एयरपोर्टबाट फर्काइनु प्राज्ञिक जगतकै अपमानःजयतु संस्कृतम्  

   उपकुलपति एयरपोर्टबाट फर्काइनु प्राज्ञिक जगतकै अपमानःजयतु संस्कृतम्  

काठमाडौं/नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा.कुलप्रसाद कोईरालालाई एयरपोर्टबाट अपमानजनक ढंगले फर्काइनु सरकारको अधिनायकवादी एवम् अलोकतान्त्रिक शैली भएको जयतु संस्कृतम्ले बताएको ।

विमानस्थलबाट उडान अनुमति लिईसकेको अवस्थामा उपकुपति जस्तो व्यक्तिलाई फर्काइनु संस्कृत एवम् सिङ्गो प्राज्ञिक जगतको अपमान भएको जयतु संस्कृतमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

संस्थाका अध्यक्ष डा.बद्री पोखरेलद्वारा जारी विज्ञप्तिमा सरकारले घोर अलोकतान्त्रिक, अधिनायकवादी, संस्कृत विरोधी एवम् प्रहरी राज्यको शैली अपनाएको भन्दै आपत्ति जनाईएको छ । विज्ञप्तीमा भनिएको छ, ‘उपकुलपति कोईराला संस्कृत वाङ्मयका अमूल्य निधि वेद, उपनिषद्, पुराण, रामायण, महाभारत आदिको उद्गम स्थलका रुपमा सुप्रतिष्ठित नेपाल भूमीकै प्रतिनिधित्व गर्दै सम्मेलनमा जान लाग्नुभएको र सोही विषयमा सम्मेलनमा वृहत कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको थियो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस घटनाले विश्वविद्यालयको प्रतिष्ठामा मात्रै आँच आएको नभई अन्तर्राष्ट्रिय विद्वत समुदायमा देशकै प्रतिष्ठामा आघात पुग्न गएको छ । यसबाट संस्कृत वाङ्मयको विश्वव्यापी प्रचार प्रसार र विकासको अभियानलाई नेतृत्व गर्दै आगामी विश्व संस्कृत सम्मेलन नेपालमा आयोजना गर्ने उद्देश्यमा पनि कुठाराघात हुने सम्भावना बढेर गएको छ ।’  

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला