प्रधानमन्त्री ज्यू ! हवल्दारी पाराले विश्वविद्यालय चल्दैन : उपकुलपति कोइराला

प्रधानमन्त्री ज्यू ! हवल्दारी पाराले विश्वविद्यालय चल्दैन : उपकुलपति कोइराला

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिईएको आरोप लगाएका छन् ।  क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा हिजो शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कोइरालाले यस्तो आरोप लगाएका हुन् ।   उनले वर्तमान सरकार सर्वसत्तावादको चङ्गुलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेको आरोप लगाए ।  उनले कम्युनिष्टले संस्कार र  संस्कृति मास्न लागेको उनको आरोप थियो । 

उनले आफूलाई छापामार शैलीमा पूर्व निर्धारित कार्यक्रममा भाग लिन जानबाट बञ्चित गरेको गुनासो पनि पोखे । उनले भने,‘क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ, प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाइएन ।’ 

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हुँदा पनि आफू क्यानडामा हुन लागेकैजस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले भने,‘चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ, त्यही प्रक्रिया र नियम अहिलेपनि पालना गरेको थिएँ, मैले एक साताअघि नै यसबारेमा सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ, तर त्यस विषयमा कुनै जानकारी नगराईकन मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधीलाईजस्तो पक्राउ गरियो, यो खेदजनक छ, यो अपमान मप्रतिमात्रै नभएर सिङ्गो  प्राज्ञिक जगतको अपमान हो ।’ 

उनले अघि थपे,‘यो पटक मैले त्यही विधि र प्रकिया अपनाएर विदाको निवेदन दिएको शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ, तर, किन रोकियो ? मेरो विदाको निवेदनको फाइल किन लुकाइयो ।’

प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्प्णी गर्दै कोइरालाले भने,‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो, मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिङ्गो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैन ।’ 

यो घट्नाले उक्त सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपालको सरकारको नकरात्मक सन्देश प्रवाह भएको उनको भनाई छ । उनले भने,‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिईँन्, हाम्रो सभ्यता र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको जान लागेको थिएँ।’ हवल्दारी पाराले विश्व विद्यालय नचल्ने दाबी गर्दै उनले विश्वविद्यायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई आग्रह गरे ।   

उनले भने,‘म विनम्र अनुरोध गर्न चाहन्छु, ओलीज्यू हामीले पनि लोकतन्त्र र गणतन्त्रको लागि भूमिका खेलेका छौं, हवल्दारी पाराले प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोज्नु मुर्खता हो, हामीले अनुमान गरेका थियौं कालिदासले कुनै डिग्री लिएका थिएनन्, कति वैज्ञानिकहरुले विश्वविद्यालयको आँगन टेकेका थिएनन्, हामी सबै बुझेका मानिस त होईनौं तर तपाईहरुभन्दा केही जान्दछौं, मलाई यो किसिमको अपहरण किन गरियो ? मैले के अपराध गरेको थिएँ ? विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदा के भत्किने थियो ? तपाईले चालेको कदम अधिकानायवादको पूर्व संकेत हो, नेपालको लागि अधिनायकवाद कल्पनाभन्दा बाहिरको कुरा हो, सरकारका रवैयाहरुले राम्रो संकेत दिईरहेका छैनन् ।’ 

उपकुलपति पद छोडिदिनुपर्यो भनेर सरकारले भन्दा नमान्नु भएको स्थितिमा आजको दिन आएको हो अरे नि ? भनेर सोधिएको पत्रकारको प्रश्नको जवाफमा उनले भने,‘एकदिन वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हामी १० जना उपकुलपतिलाई बोलाएर छोड्नुपर्यो भनेर भन्नुभएको थियो, हामीले नियम र प्रक्रिया छ, हामी त्यसअनुरुप बाहिरिन्छौं भनेका थियौं, तर मेरो एक हप्ताको बिदा १० दिन टेबुलमा थन्काईयो कुनै जवाफ नदिएर मलाई विमानस्थलबाट पक्राउ गरियो ।’

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला