काठमाडौं । पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा (सेकेन्डरी एजुकेशन एक्जामिनेशन) एसईईको नतिजा प्रकाशनमा राष्ट्रिय परीक्षा बोर्डको त्रुटि भएको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहो¥याउने गरि छानबिन गर्नुपर्ने उनले बताए । ‘भर्खरैमात्रै प्रकाशित गरिएको एसईईको नतिजालाई लिएर धेरै कुराहरु सुनिन थालेका छन्, यसका बारेमा सरकार गम्भिर बन्नुपर्छ, प्राविधिक तथा अन्य कुन–कुन पक्षले गल्ती गरेको छ, त्यो छानविन हुुनुपर्यो, अर्को वर्षमा यस्तो कमजोरी हुन नदिनको लागि चनाखो बन्नुपर्छ,’ नेपालले भने ।
हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाए । उनले भने,‘प्रत्येक दिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिनमा फरक रिजल्ट देखाएको छ, नतिजा प्रकाशितमा त यति विघ्न समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला ?’ उनले यसपाली त निजी र सामुदायिक विद्यालयको रिजल्ट समेत एउटैमा प्रकाशित गरेकोमा गुनासो पोखे । उनले भने,‘कुन संस्थागत विद्यालयमा पढेको हो, कुन कहाँ पढेको हो भन्ने नै थाहा छैन्।’
कार्यक्रममा एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् । पछिल्लो तीन वर्षसम्मपनि एसईईको नतिजामा कुनै भिन्नता नआएको उनको आरोप छ । उनले भने,‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएको छैन्, फरक–फरक रिजल्ट आएको छ, शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेबारी लिनुपर्छ, दोषिमाथि कडा कारबाही गर्नुपर्छ ।’ प्याब्सनका महासचिव राजेन्द्र बानियाँले एसइइको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए ।
प्रकाशित ११ असाढ २0७५ , सोमवार | 2018-06-25 11:28:57
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार