शिक्षाको व्यापारीकरणविरुद्ध आन्दोलन गर्ने ८ विद्यार्थी संगठनको चेतावनी 

   शिक्षाको व्यापारीकरणविरुद्ध आन्दोलन गर्ने ८ विद्यार्थी संगठनको चेतावनी 

काठमाडौ /सार्वजनिक तथा निजी शिक्षामा भएको व्यापारीकरण विरुद्ध आठ विद्यार्थी संगठनले आन्दोलनको चेतावनी दिएका छन् । 

आईतबार काठमार्डौ आयोजित कार्यक्रममा शिक्षामा भएको विकृति तथा विसंगतिविरुद्ध आफूहरु पहिलो चरणको आन्दोलन समाप्त गरि दोस्रो चरणको आन्दोलनमा लागेको जानकारी दिएको छ ।

अखिल (क्रान्तीकारी) का अध्यक्ष चिरन्जीवी ढकालले देशको कुल शिक्षा क्षेत्रको ८० प्रतिशत भार बोकेको सार्वजनिक शिक्षामा घोटाला भएको गम्भिर आरोप लगाए । उनले भने,‘कम्युनिष्ट सरकारले शिक्षामा स्तरोन्नती गर्न चालेका सबै कदमहरु अनावश्यक र झुठा हुन्, शिक्षामा देखिएको यी विकृतिहरु जबसम्म रोकिँदैनन्, तबसम्म हामी आन्दोलनमा रहिरन्छौं ।’ राजपा निकट विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्रले शिक्षामा शुल्क वृद्धि, मूल्य वृद्धि लगायतका समस्याको न्यूनिकरण गर्न विद्यार्थी संगठन सधंै लागिरहेको बताए ।  उनले भने,‘शिक्षामा व्यापार गर्ने नेताहरु लगायतका मूख्य शैक्षिक सिन्डीकेटधारीहरुको सम्पति छानबिन हुनुपर्छ । यस विषयमा अभिभावक,विद्यार्थी, सरकार सबै सजग रहनुपर्छ ।’ शिक्षा क्षेत्रका विकृति हटाउन गरिएको आफूहरुको आन्दोलन चाहाना नभएर बाध्यता भएको उनले स्पष्ट पारे । 

कार्यक्रममा अनेरास्ववियू (पाँचौं) का अध्यक्ष घनश्याम मिश्रले सरकारले आफ्नो संगठनले उठाएको माग सम्बोधन नगरे सडकमा उत्रिने कडा चेतावनी दिए । उनले भने,‘सरकारले १ देखि ८ कक्षालाई अनिवार्य निःशुल्क शिक्षा र ८ देखि १२ सम्म निःशुल्क शिक्षा नीति भनेको छ, यो कार्यान्वयनमा लागु होस्, शिक्षा ऐन निर्देशिका कार्यान्वयनको दिशामा लागियोस् ।’ त्यसैगरि राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्याल, अनेरास्ववियू (क्रान्तीकारी)का सचिव पेशल दाहाल, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम लगायत विद्यार्थी नेताहरुले निजी स्कुल तथा सार्वजनिक शिक्षामा देखिएको व्यापारिकरण र माफियाकरणकोविरुद्ध आ–आफ्ना धारणा राखेका थिए ।   

संयुक्त विद्यार्थी संगठनले सरकारसमक्ष आफुहरुले राखेका विभिन्न मागहरु पूरा नगरे चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । उसले दिएको चेतावनी अनुसार यही असार ११ गतेदेखि असार १६ गतेसम्म प्रचारप्रसार, प्रधानमन्त्री लगायत मन्त्री तथा पार्टी नेताहरुसँग अपिल, छलफल तथा भेटघाट गर्ने, असार १७ गते प्रदर्शनीमार्गमा सडक कक्षा सञ्चालन गर्ने, असार १८ गते माईतीघर मण्डला र देशका विभिन्न जिल्ला सदरमुकाममा आँखामा कालो पट्टी बाँधी सिठ्ठी जुलुस निकाल्ने, असार १९ गते मसाल जुलुस निकाल्ने र असार २०, २१ र २२ गते देशैभरि शैक्षिक हड्ताल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 

प्रतिकृया दिनुहोस

सरकारी विद्यालयमा चर्काे शुल्क 

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल

पढाईप्रति लगनशील प्रौढ महिला

कक्षा १२ को खुल्यो रिजल्ट

प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध

परशुराम पोखरेलको सम्झनामा शोक सभा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि