सरकार सिकाइ सुधार्ने अभियान खोई ?

    सरकार सिकाइ सुधार्ने अभियान खोई ?

 काठमाडौं । विद्यालय तहको सिकाइ कमजोर बन्दै गएकाले त्यसलाई सुधार्न सरकारले ‘सिकाइ सुधार्ने अभियान’ नै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । मंगलबार शिक्षा पत्रकार समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् । 

‘विद्यार्थीको कमजोर सिकाइ स्तर कसरी सुधार्र्ने ?’ विषयक कार्यक्रममा शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालाले कमजोर सिकाइ स्तरको दोष एक अर्काे निकायलाई दिनुभन्दा सिकाइ सुधार्न अभियान नै सञ्चालन गर्नु पर्ने बताए ।  कार्यक्रममा अर्का शिक्षाविद् गंगाराम गौतमले विद्यालय विश्वविद्यालय तहसम्मकै सिकाइ उपलब्धि चिन्ताजनक देखिएको भन्दै त्यसको पहिलो जिम्मेवारी शिक्षकले लिनुपर्ने बताए । विश्वविद्यालयका १०० जना  अंग्रेजी अध्ययन गरिरहेका विद्यार्थीमध्ये ९० जनाको सिकाइ अवस्था कमजोर पाएको अनुभव सुनाउँदै गौतमले भने, ‘शिक्षकले पुरानै ढर्रामा पठनपाठन गरेकाले सिकाइ स्तरमाथि उठेन ।’ 

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले कमजोर शिक्षकका कारण सिकाइ स्तर नबढेको भन्दै सक्षम शिक्षक उत्पादन गरेमा रुखमुनि पढाएपनि उपलब्धि वढने दाबी गरे ।  सरकारले २०३९ देखि शुरु गरेको सिकाइमा सुधार, पहुँचमा सुधार, क्षमता विकास गर्ने नारा ०७५ सालमा पनि केही नबदलिनु चिन्ताको विषय भएको उनको भनाइ थियो । 

सूर्य विनायक नगरपालिका भक्तपुरकी उपमेयर जुना बस्नेतले शिक्षकलाई जिम्मेवार नबनाई सिकाइ सुधार नहुने बताइन् । पूर्व शिक्षामन्त्री एवं नेकपाका शिक्षा विभाग प्रमुख गंगालाल तुलाधरले कमजोर सिकाइ सुधारका सम्बन्धमा एकअर्कालाई दोष लगाउनुभन्दा सबै आत्मआलोचित भएर आ–आफ्नो दायित्व पूरा गर्ने तर्फ जुट्नुपर्ने बताए । 

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सरकार भर्ना अभियानमा मात्रै केन्द्रित हुँदा सिकाइ सुधारमा खासै ध्यान नपुगेको स्वीकार गरे । अब दोस्रो चरणको भर्ना अभियान पश्चात् सिकाइ सुधारका लागि विशेष कार्यक्रम ल्याउने उनले बताए ।   

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला