पुननिर्माण प्राधिकरणको सहमति विपरित भुकम्प अति प्रभावित ११ जिल्लाका इकाई प्रमुख फेर्दै शिक्षामन्त्री पोखरेल

पुननिर्माण प्राधिकरणको सहमति विपरित भुकम्प अति प्रभावित ११ जिल्लाका इकाई प्रमुख फेर्दै शिक्षामन्त्री पोखरेल

अमरवाणी संवाददाता/काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आर्थिक वर्षको अन्तिममा आएर राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहमति विपरित जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षा (डिलपीआइयू) का ११ जिल्ला प्रमुखहरूको काज फिर्ता गर्ने तयारी गरेका छन् । भुकम्प अति प्रभावित १४ जिल्लामध्ये ११ प्रमुखलाई राजनीतिक आस्थाका आधारमा आर्थिक वर्ष पूरा नहुँदै मन्त्री पोखरेल फिर्ता बोलाउन लागेका हुन् ।

रामेछापका हेमन्त बुढाथोकी, दोलाखाका गोविन्दराज सेढाई,सिन्धुलीका भरत सुवेदी,काभ्रेका शरदकुमार भण्डारी,सिन्धुपाल्चोकका गोकर्ण कार्की,काठमाडौंका गणेश ढकाल, ललितपुरका भगवान पौडेल, धादिङका इश्वरी ज्ञवाली, नुवाकोटका वैकुण्ठ सुवेदी,रसुवाका गजेन्द्र कुमार राउत र मकवानपुरका नारायण पौडेलको काज फिर्ता गर्ने सहमति माग्दै शिक्षा मन्त्रालयले संघीय मामिला तथा स्थानीय मन्त्रालयलाई पत्रचार गरेको छ । आर्थिक वर्षको अन्तिममा इकाइ प्रमुखहरूको काज सरुवा गर्दा   विद्यालय पुननिर्माणको काम प्रभावित हुने भन्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहमति विना शिक्षामन्त्री पोखरेलले सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गर्न लगाएका हुन् । 

 यसअघि शिक्षा मन्त्रालयले प्राधिकरणलाई ११ इकाई प्रमुखलाई मन्त्रालय फिर्ता पठाउन पत्राचार गरेको थियो । तर प्राधिकरणले आर्थिक वर्ष नसिकिँदै इकाई प्रमुखको सरुवा गर्दा विद्यालय पुननिर्माण कार्य प्रभावित हुने भन्दै वर्षान्तसम्म फिर्ता नगर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रशासन प्रमुख मुकुन्द निरौलाले भने,‘विद्यालय पुननिर्माणको कार्यमा वाधा पुग्छ भनेर चालू आर्थिक वर्षसम्म काज फिर्ता नगर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरिएको हो ।’  

  यता, पार्टी निकट ११ जनाको सूची तयार पारेर बसेका मन्त्री पोखरेलले प्राधिकरणको काज फिर्ता रोक्ने पत्रको वेवास्ता गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काज सरुवा सहमतिका लागि पत्र पठाउन लगाएको शिक्षा मन्त्रालय स्रोतको भनाइ छ । यसबारे शिक्षामन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याल भन्छन,‘काज सरुवा भइसकेको छैन, यदि भइहाल्यो भनेपनि यसले विद्यालय पुननिर्माण कार्य प्रभावित हुँदैन् ।’ भुकम्प अति प्रभावित १४ मध्ये ३ जिल्लाका इकाई प्रमुख ओखलढुङ्गाकी ऋिदिका अमात्य,गोर्खाका रामप्रसाद आचार्य र भक्तपुरका देवकुमार बराल पार्टी निकट भएका कारणे उनीहरूको काज फिर्ता नहुने स्रोतको भनाइ छ ।   

पहिला शिक्षा मन्त्रालय मातहत रहेको जिल्ला आयोजना कार्यान्वय इकाईहरुलाई नयाँ सरकार आएपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत लगिएको थियो । भुकम्प प्रभावित विद्यालयको पुननिर्माण गर्नुपर्ने भएकाले जिल्ला इकाई प्रमुखमा शिक्षा सेवाका उपसचिवहरुलाई तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पालामा काज खटाइएको थियो । १४ जिल्लाका डिएलपीआईयू प्रमुखहरुमध्ये अहिले ११ जनालाई कांग्रेस निकट रहेका भन्दै काज फिर्ता गर्न लागिएको मन्त्रालय स्रोतले बतायो । 

विद्यालय पुननिर्माणका निम्ति प्राधिकरणबाट करोडौ करोडको बजेट विनियोजित भइरहेको र त्यसबाट ठेकेदारहरुले कमिसन दिने हुँदा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा आकर्षक देखिएका छन् ।                

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला