सामुदायिक शिक्षा विकल्पःशिक्षाविद्

सामुदायिक शिक्षा विकल्पःशिक्षाविद्

काठमाडौं । सर्वसाधारणको पहुँचका लागि सार्वजनिक शिक्षा उत्तम विकल्प भएको औंल्याइएको छ । सरकार नियन्त्रित विद्यालयमाथि गुणस्तरको प्रश्न उठेको र निजी विद्यालयले चर्को शुल्क लिने गरेका कारण सामुदायिक विद्यालय उत्तम विकल्प बन्न सक्ने शिक्षाविद् राजेन्द्र ध्वज जोशीले बताए । उनले भने‘सबैको पहुँच र गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालय आजको आवश्यकता हो ।’

आइतबार शिक्षा नीति तथा अभ्यास केन्द्र र शिक्षा पत्रकार समुहले आयोजना गरेको शिक्षा पत्रकार भेटघाट कार्यक्रममा शिक्षाविद् जोशीले सामुदायिक विद्यालयमा अभिभावकले अपनत्व महसुस गर्ने गरेका कारणपनि त्यहाँको शैक्षिकस्तर सुधारोन्मुख भएको स्पष्ट पारे ।  कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले संघीय शिक्षा ऐन नआएका कारण शिक्षक नियुक्तिदेखि नियमनमा समस्या आएको बताए । आफूहरुले नयाँ व्यवस्था बमोजिम जान विद्यालय व्यवस्थापन भंग गरेको भन्दै त्यसमा  सर्वोच्चले रोक लगाएपछि समस्या आएको उनको भनाइ थियो ।

भाषाविद् शरदचन्द्र वस्तीले बालवालिका सिक्न पाउने अधिकार सुनिश्चि हुनुपर्ने बताए । कार्यक्रममा ज्ञानोयद माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धनञ्जय शर्माले अभिभावकको सक्रियता विना विद्यालयको सुधार सहज नहुने बताए । सो अवसरमा शिक्षा विटलाई मिडियाले दिएको प्राथमिकताका विषयमा छलफल भएको थियो ।   

प्रतिकृया दिनुहोस

सरकारी विद्यालयमा चर्काे शुल्क 

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल

पढाईप्रति लगनशील प्रौढ महिला

कक्षा १२ को खुल्यो रिजल्ट

प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध

परशुराम पोखरेलको सम्झनामा शोक सभा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि