काभ्रेमा २ सय २७ विद्यालय भवन बन्दै

                 काभ्रेमा २ सय २७ विद्यालय भवन बन्दै

अमरवाणी संवाददाता/काभ्रे । काभ्रे जिल्लामा चालू आर्थिक वर्षभित्र २ सय २७ विद्यालय भवन पुनःनिर्माण हुँदैछन् । शिक्षा मन्त्रालय  अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइले ती विद्यालयहरुको भवन निर्माण यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखेको छ ।

यस बाहेक शिक्षा कार्यालय अन्तर्गत निर्माण हुने ६६ ओटा विद्यालय भवन मध्ये ४ कोठे २६ र २ कोठे भवनको संख्या ४० रहेका छन् । त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाइ अन्तर्गत निर्माण भईरहेका विद्यालय भवन मध्ये ८ कोठे ६ ओटा , ६ कोठे ५ ओटा , ४ कोठे १७ ओटा , ३ कोठे २२ ओटा र २ कोठे २१ ओटाको निर्माण भइरहेको इकाइ प्रमुख शरदकुमार भण्डारीले बताए । २०७२ साल बैशाखमा गएको महाभूकम्पले पूर्ण रुपमा क्षति पु¥याएका विद्यालय भवनहरु मध्ये गत आर्थिक वर्ष ०७३/७४ मा १४ ओटा विद्यालय भवन निर्माण भइसकेको र यो वर्ष २ सय २७ ओटा विद्यालय भवनको निर्माण पूरा गर्ने लक्ष्य रहेको भण्डारीले बताए ।

गत आर्थिक वर्ष र चालू  आर्थिक वर्ष गरी हालसम्म जिल्लामा ४३ ओटा विद्यालय भवन निर्माण सम्पन्न भइर्सकेका छ । यस बाहेक चालू आर्थिक वर्षमा शिक्षा कार्यालय अन्तर्गत भूकम्पबाट सामान्य क्षति पुगेका २ सय ३  विद्यालयको मर्मत र ६० ओटा विद्यालयमा शौचालय समेत  निर्माण भईरहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । । शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाइ बाहेक एशियन डेभलपमेन्ट बैंक (एडीबी) को लगानीमा २८ ओटा विद्यालय भवनको निर्माण भइरहेको भण्डारीले बताए ।

नयाँ निर्माण हुने प्राथमिक, निम्न माध्यमिक , माध्यमिक सबै तहका विद्यालय भवनहरु पूर्ण रुपले भूकम्प प्रतिरोधी हुनेछन् । इकाइ अन्तर्गत निर्माण भइरहेका ६१ ओटा विद्यालयहरु मध्ये ६ ओटा ८ कोठे माध्यमिक विद्यालयको प्रति विद्यालय लागत १ करोड १० लाख रुपैयाँ, ६ कोठे  ५ ओटा भवनको प्रति भवन लागत ९० लाख रुपैयाँ , ४ कोठे १७ ओटा भवनको प्रति भवन ६३ लाख रुपैयाँ, ३ कोठे २२ ओटा भवनको प्रति भवन ३१ लाख ५० हजार रुपैयाँ र २ कोठे २१ ओटा भवनको प्रति भवन २१ लाख रुपैयाँ विनियोजन भएको भण्डारीले बताए । उनले भने , ‘विनियोजित रकम मध्ये विद्यालयको दुरी र ढुवानी भाडाका कारण केही घटबढ हुनसक्छ तर यहि सिलिङ अन्तर्गत चालू आवमा प्रावि , निमावि , मावि र उच्च मावि समेत गरी ६१ विद्यालय भवनको निर्माण सम्पन्न हुनेछन् ।’

यता एडीबीले निर्माण गरिरहेका भवनको लागत भने झण्डै दोब्बर देखिएको छ । एडीबीले निर्माण गरिरहेका विद्यालय भवनमा धेरै कोठा र स्टिलका निर्माण सामग्री प्रयोग भएका कारण लागत बढी भएको बताइएको छ । उसले निर्माण गरिरहेका २८  विद्यालय मध्ये कम्तिमा २ करोड ७२ लाखदेखि ९ करोड ९८ लाख सम्मप्रति विद्यालय बजेट विनियोजन भएको जिल्ला आयोजना कार्यान्वयन इकाइको तथ्याङ्कले देखाउँछ  ।

    जिल्लामा निर्माणाधीन सम्पूर्ण विद्यालयको गुणस्तरीयताका सम्बन्धमा इन्जिनीयर सोभित श्रेष्ठको टिमले रेखदेख गर्दै आएको छ । इन्जिनीयर श्रेष्ठले भने,‘ठेकेदार वा व्यवस्थापन समिति जसले निर्माण गरेपनि मापदण्ड विपरित भवन निर्माण स्वीकृत गर्न सकिदैन् त्यसैले गुणस्तरीय निर्माण सामग्री हाम्रो प्राथमिकता हो ।’

    

 

 

 

प्रतिकृया दिनुहोस

त्रिवि सेवा आयोग खारेजीको माग गर्दै

राष्ट्रिय झण्डाको किनारामा कालो रङ्ग

कृषि विश्वविद्यालको मुख्य कार्यालयमा

राष्ट्रिय शिक्षा नीति आउँदैःशिक्षामन्त्री

जेष्ठ प्राध्यापक समाजमा डा.विमलकुमार

कक्षा १२ को परीक्षा भोलिबाट, ४ लाख २८

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला