नेपाली विषय बचाउ अभियानमा तीव्रता

नेपाली विषय बचाउ अभियानमा तीव्रता

अमरवाणी संवाददाता/काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को पाठ्क्रमबाट अनिवार्य नेपाली विषय हटाउने वा ५०/५० पूर्णाङ्कमा खुम्च्याउने तयारी गरेकोप्रति नेपाली भाषा बचाउन अभियानकर्ताहरूले आपत्ति जनाउँदै आएका छन् । यसलाई दवाब दिने उदेश्यले उनीहरूले विभिन्न विद्यालय तथा विश्वविद्यालयमा इकाई समिति गठन गरेर विषय बचाउ अभियानलाई तीव्रता दिएका छन् ।    

इकाई समिति गठन गर्ने क्रममा सोमबार पशुपति बहुमुखी क्याम्पसमा नेपाली भाषा बचाउन केन्द्रीय समितिले इकाई समिति गठन गरेको छ । सन्तोष खरेलको संयोजकत्वमा १३ सदस्यीय इकाई समिति गठन गरिएको हो । समितिको सचिवमा डिल्लीराज नेपाल छन् भने नेपाली विषय, स्नातकोत्तर तह प्रथम र द्वितीय सत्र प्रणली (सेमेस्टर) मा अध्ययनरत विद्यार्थी सदस्य रहेका छन् ।  

नेपाली विषय बचाउ अभियानको संयोजक सविन लम्साल हुन् । २०७५/१/८ गतेबाट सुरु गरिएको उक्त अभियानको सञ्जाल देशभर फैलिएको छ । लगभग ८० ओटा क्याम्पसमा अभियानको रूपमा अगाडि बढाईएको अभियानकर्ता खड्कबहादुर पराजुलीले अमरवाणीलाई जानकारी दिए । 

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय हटाउने वा ५०/५० पूर्णाङ्कमा खुम्च्याउने तयारी गरेपछि उक्त अभियान विरोधमा उत्रेको हो ।  दुइटै कक्षामा अनिवार्य नेपालीको पूर्णाङ्क १००/१०० बनाउनुपर्ने माग हाम्रो रहेको छ, सदस्य पराजुलीले भने । 

 

 

त्रिभुवन विश्वविद्यालय २०७५ सालका एमफिल तहमा  अध्ययनरत ३५ जना विद्यार्थीले नेपाली विषय बचाउ  अभियान–२०७५ सुरु गरेका हुन् । प्रत्येक विद्यार्थीबाट एक हजारको रुपैयाँ उठाएर अभियानको खर्च धानेको सदस्य पराजुलीले जानकारी दिए ।  सिंगो नेपाली जातिको पहिचान र राष्ट्रियतासँग गाँसिएको विषय भएकाले बेवास्ता गरिए देशव्यापी आन्दोलनमा उत्रने अभियानको योजना छ । 

 

 

नेपाली विषय बचाउ अभियान, २०७५ ले कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय किन आवश्यक छ ? विषयक विचार गोष्ठी समेत गरेको थियो । अभियानका संयोजक सविन लम्सालको अध्यक्षतामा सम्पन्न भएको विचार गोष्ठीमा नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख तथा त्रि.वि. नेपाली विषय समिति अध्यक्ष, प्रा.डा. देवीप्रसाद गौतम प्रमुख अतिथि र मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल विशिष्ट अतिथिका रूपमा उपस्थित भएका थिए । उनीहरूले कुनै पनि हालतमा कक्षा ११ र १२ मा नेपाली विषय राखेरै छाडने प्रतिवद्धता जनाएका थिए ।  

    

प्रतिकृया दिनुहोस

सरकारी विद्यालयमा चर्काे शुल्क 

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल

पढाईप्रति लगनशील प्रौढ महिला

कक्षा १२ को खुल्यो रिजल्ट

प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध

परशुराम पोखरेलको सम्झनामा शोक सभा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि