विद्यालय सप्रर्न के गर्नुपर्छ ?

विद्यालय सप्रर्न के गर्नुपर्छ ?

देशभरिका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेका तथ्यांक आइरहेका छन् । तर, त्यो तथ्यांक रामेछाप सदरमुकाम मन्थली माविको हकमा मिथ्यांकजस्तो लाग्छ । यसले विद्यार्थी र अभिभावकको दुवैको विश्वास कति जितेको छ भने नयाँ शैक्षिक सत्रसँगै प्रधानाध्यापक टंकप्रसाद दाहाल विद्यार्थीको चाप कसरी थेग्ने भन्ने चिन्तामा हुन्छन् ।

कुनै समय मन्थली मावि कति बदनाम थियो भने कतिपयले नारा नै बनाएका थिए, ‘पढाइ हैन, सर्टिफिकेट चाहिए मन्थली जानू’ । एउटा विद्यालयले त शिक्षक भर्नाको आह्वान गर्दा ‘मन्थली माविबाट उत्तीर्ण भएको प्रमाणपत्र लिएर आउनेलाई आवेदन फर्म भर्न दिइन छैन’ भनेर सूचनै जारी गर्यो ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक गुञ्जबहादुर श्रेष्ठ, हालका प्रधानाध्यापक टंकप्रसाद दाहाल र अर्का शिक्षक चन्द्रसिंह धामी लगायतका शिक्षकहरुलाई त्यसले नमीठोसँग छोयो । र, उनीहरु विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागे ।

गुणस्तर सुधार त गर्ने तर कसरी ? अभिभावकहरुलाई जसरी पनि छोराछोरी पास हुनैपर्ने । विद्यार्थी पढाइमा ध्यान नदिने तर परीक्षाको बेलामा चिट चोरेर भने पनि पास हुनैपर्ने । शिक्षकहरुले पनि सिकाइमा त्यति ध्यान नदिने । अस्तव्यस्त विद्यालय ।

प्रधानाध्यापक गुञ्जबहादुर श्रेष्ठ विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि आप्mनो सबै समय त्यहीँ खर्चन लागे । त्यसमा तत्कालीन सहायक प्रधानाध्यापक टंकप्रसाद दाहाल दिलोज्यान दिएर लागे । श्रेष्ठसँग शैक्षिक क्षेत्रको लामो अनुभव थियो अनि दाहालको युवा जोस । यो डिजाइनमा साथ दिए, दार्चुलादेखि आएका शिक्षक चन्द्रसिंह धामीले ।

प्रधानाध्यापक दाहालको बुझाइमा विद्यार्थीको आकर्षणको महत्वपूर्ण पाटो गुणस्तरीय शिक्षा नै रहेछ । ‘एकपटक हामीलाई निकै गाह्रो पर्यो, भएका विद्यार्थी सबै बोर्डिङ जान थाले, नयाँ आउँदै आएनन्’, उनले सुनाए, ‘सबै कुरामा सुधार गर्दै लगेपछि विद्यार्थीको चाप बढ्यो । बिस्तारै धान्नै नसक्ने अवस्था आएपछि नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिएका हौँ ।’

अंग्रेजी माध्यमबाट पढाइ

पहिले–पहिले अधिकांश विद्यार्थी अंग्रेजी विषयमा फेल हुन्थे । अंग्रेजी राम्रो भएन भन्ने अभिभावकको गुनासो थियो । अंग्रेजी राम्रो होस् पनि कसरी ? ४ कक्षामा पुगेपछि बल्ल ए, बी, सी, डीको पढाइ सुरु हुन्थ्यो । त्यसैले पनि अभिभावकहरु अंग्रेजी भाषाकै लागि छोराछोरीलाई बोर्डिङ पढाउँथे ।

‘सबैभन्दा पहिला हामीले शिशु कक्षाबाट अंग्रेजी भाषामा पढाइ सुरु गर्यौं’, विद्यालय सुधारका लागि गरेको प्रयत्नको बेलिविस्तार लगाए प्रअ दाहालले । अहिले शिशु कक्षादेखि ३ कक्षासम्म पूर्ण रुपमा अंग्रेजी भाषामै पठनपाठन हुन्छ । ४ कक्षादेखि १० कक्षासम्म अंग्रेजी र नेपाली दुवै भाषामा पढाइ हुने गरेको छ ।

४ कक्षाबाट १० कक्षासम्म अंग्रेजी भाषामा पढ्न चाहनेको लागि छुट्टै सेक्सन छ । अनि नेपालीमा पढ्न चाहनेका लागि छुट्टै सेक्सन । अहिले अंग्रेजी भाषामा पढ्ने विद्यार्थीको संख्या आधाभन्दा बढी छ । ‘अब तीन वर्षभित्रमा अंग्रेजी भाषामा पढ्ने विद्यार्थीको संख्या ७५ प्रतिशतभन्दा बढी हुने छ’, प्रअ दाहालले भने । यस वर्ष एसईईमा ३६ विद्यार्थीले अंगे्रजी भाषाबाटै परीक्षा दिएका छन् ।

पहिले बोर्डिङ स्कुल गएका विद्यार्थी अंग्रेजी भाषामा पढाइ हुन थालेपछि विद्यालयमै फर्किए । नयाँ भर्ना हुने विद्यार्थी त झन् बोर्डिङको खर्चिलो पढाइमा किन जान्थे ? निःशुल्क रुपमा अंगे्रजी भाषामा पढाइ जो भएको थियो ।

 

शैक्षिकसँगै भौतिक सुधार

२०१२ असोज १२ गते मन्थलीको बरको बोटको चौतारोबाट सुरु भएको सो विद्यालयले २०३५ सालमा निमाविको स्वीकृति पायो । सोही बेला बनाएको विद्यालयको कच्ची भवन २०४५ सालमा रामेछापबाट सदरमुकाम मन्थली सरेपछि सरकारी कार्यालयले कब्जामा लिए । त्यसपछि सानीमदौ वन उपभोक्ता समूहले दिएको ५० रोपनी जग्गा र स्याउलाले बारेको छाप्रोबाट सुरु भयो विद्यालयको पढाइ ।

अहिले त विद्यालयमा भौतिक रुपमा पनि आमूल परिवर्तन भएको छ । पक्की भवन नै चार वटा छन् । यसबाहेक थुप्रै ब्लक भवन पनि बनेका छन् । विद्यालयका शिक्षक टंकप्रसाद सुवेदी भन्छन्, ‘२०४५/०४६ सालमा हामी पढ्न आउँदा बस्नका लागि घरबाटै बोरा लिएर आउँथ्यौं । धुलोमा डुबिने स्याउले छाप्रोमा दिनभरि बसेर पढ्थ्यौँ ।’

अहिले उनलाई त्यो कुरा सपनाजस्तो लाग्छ । पक्की घर, सुविधानजनक डेक्स बेन्च, अत्याधुनिक मिडिया हल, कक्षा कोठामा सीसी टीभीका क्यामरा । कन्ट्रोल रुमबाटै विद्यार्थीहरुलाई निगरानी, राष्ट्रिय गान, योगा र ध्यान, मल्टिमिडियाबाट क्लास । देशभरिका २ सय २२ वटा नमुनाउन्मुख विद्यालयमध्ये मन्थली मावि पनि परेको छ ।

एउटै छानोमुनि सबै शिक्षा

मन्थली मावि शैक्षिक क्षेत्रको त्यस्तो छानो हो, त्यहाँ सबै खालको पढाइ हुन्छ । शिशुदेखि १० कक्षासम्म अंग्रेजी र नेपाली विषयमा पढाइ हुन्छ । ११ र १२ मा शिक्षा, व्यवस्थापन र मानविकी विषयको पढाइ हुन्छ । अनि प्राविधिकतर्फ १८ महिने सिभिल सबओभरसियर, १८ महिने इलेक्ट्रिकल सबओभरसियर, तीनवर्षे सिभिल डिप्लोमाको पढाइ हुन्छ ।

यही छानोमुनि बीबीएस, बीएड, बीए र एमए (नेपाली) तथा इपीएमको पनि पढाइ हुन्छ । मन्थली माविसँगै सहकार्य गरी स्थापना भएको मन्थली पोलिटेक्निकले कृषि विषयको तीनवर्षे बालीविज्ञान डिप्लोमा पढाइरहेको छ । अहिले शिशुदेखि १० कक्षासम्म १ हजार १ सयभन्दा बढी र ११ र १२ कक्षामा ६ सय ५० भन्दा बढी विद्यार्थी छन् । हाम्रो कथा अनलाइनबाट

प्रतिकृया दिनुहोस

विद्यार्थीबिनाका त्रिविका विभाग,

एसईई परीक्षा चैत १० देखि,५ लाख विद्यार्थी

उच्च शिक्षाको काँचुली फेरिन्छःमन्त्री

‘शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला