निजी विद्यालयको शुल्क वृद्धि फिर्ता हुँदैन्ःप्याब्सन

निजी विद्यालयको शुल्क वृद्धि फिर्ता हुँदैन्ःप्याब्सन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष विजय साम्बाहाम्फेले निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता नहुने बताएका छन् । शिक्षा मन्त्रालयले तोकेको मापदण्ड बमोजिम नै निजी विद्यालयहरुले शुल्क लिएको दाबी गर्दै कुनैपनि हालतमा शुल्क फिर्ता नहुने उनले बताए । हामीले शिक्षा नियमावलीको पूर्ण पालना गरेका छौ र त्यही बमोजिम शुल्क लिएकाले बढाएको शुल्क फिर्ता नहुने उनले जिकीर गरे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘नीति÷नियमभित्रै रहेर निजी विद्यालयले शुल्क बृद्धि गरेका हुन् यो फिर्ता हुदैन ।’ कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले निजी विद्यालयलाई अराजक बनाउने काम सरकारले नै गरेको आरोप लगाए । उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जलगैंडाजस्तो छ, बोल्नेमात्रै हो, काम भनेको केही पनि नगर्ने, यो गर्छ, उ गर्छ भन्छ मात्रै केही गर्दैन, निजी विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापनपत्र बुझाउनको लागि हामीले डेढ महिनादेखि समय मागिरहेका छौं तर उहाँले समय दिनुभएको छैन् ।’

‘निजी विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक धनी छैनन्, दिनभरि काम गरेर बालबच्चा निजीमा पढाईरहेका छन्, यस्तो स्थितिमा निजी विद्यालयले चर्को शुल्क बढाएर हुन्छ ? हामीले तेस्रो चरणको आन्दोलन सार्वजनिक गरिसकेका छौँ, आगामी दिनमा जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने सरकारी कर्मचारीलाई असहयोग गर्नेजस्ता कार्यक्रम हुन्छन् ।’ एन–प्यावसनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयमा देखिएका समस्या ताला लगाएर समाधान नहुने स्पष्ट पारेका छन् । उनले भने,‘समस्याको जरो पत्ता लगाउनुपर्छ, विद्यार्थी संगठनहरुको ताला लगाउने आन्दोलनको रुप अझैं जारी छ, मुलुक धेरै परिवर्तन र विकासको बाटोमा हिडिँसक्यो, हाम्रा विद्यार्थी संगठनहरुले ताला लगाउने आन्दोलन फेर्न सक्नुभएन, हाम्रो मुुलुकमा ८ हजार निजी विद्यालय दर्ता छन्, जसमध्ये निक्कै महँगा भनिएका विद्यालयको संख्या १० जति होला, विद्यार्थी संगठनहरुले कुरै नबुझी आन्दोलन गर्छौं मात्रै भनेर हुन्छ ?’

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्क बृद्धि फिर्ता नलिए निर्देशिका अनुसार सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् । प्यावसनका अध्यक्षले निर्देशिका पालना गरेको दाबी गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष तामाङले निजी विद्यालयले मनोमानी रुपमा शुल्कवृद्धि गरेको गम्भीर आरोप लगाए । उनले भने,‘हाम्रो माग शुल्कवृद्धि फिर्ता हुनुपर्छ भन्ने हो, निजी विद्यालयले शिक्षामा ठूलो योगदान दिएका छन्, महंगी बढेको बाहनामा चर्को मूल्यवृद्धि गर्न निजी विद्यायललाई छुट छैन्, निर्देशिका कार्यान्वयन गर्ने कुनै विद्यालयनै छैनन्, यदि आज नै हामीसँग निर्देशिका मान्ने कमिटमेन्ट गर्नुहुन्छ भने हामीले अहिले नै ताला खोल्न निर्देशन दिन्छौं ।’

त्यस्तै कार्यक्रममा अनेरास्ववियूका कोषाध्यक्ष झपीन्द्र खत्रीले निजी विद्यालयले बढाएको शुल्कवृद्धि यथाशक्य फिर्ता लिन आग्रह गरेका छन् । उनले भने,‘अनाश्यक शिर्षकमा शुल्क लिने काम भएको छ, मनपरितन्त्रले शुल्कवृद्धि गर्ने काम भएको छ, हामी विद्यार्थी संगठनहरु विद्यार्थीको हकहितको लागि जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।’ कार्यक्रममा अभिभावक संघका अध्यक्ष केशव पुरीले निजी विद्यालयले गर्ने निरन्तरको शुल्कवृद्धिले आफुहरु ठूलो मर्कामा परेको दुःखेसो पोखे । उनले भने,‘विद्यार्थी नेताहरु आन्दोलन गर्नुहुन्छ, केही समयका लागि माँग पूरा भएजस्तो गरिन्छ, फेरी अर्को नयाँ वर्षमा उही पाराले शुल्कवृद्धि गरिन्छ, यस्तो स्थितिमा गरिब अभिभावकहरु पीडामा पर्ने गरेका छन्, सरकारले गम्भिर कदम चालोस्, सम्पूर्ण अभिावकहरुको ढाड सेक्नेगरि भएको शुल्कवृद्धि फिर्ता होस् ।’

प्रतिकृया दिनुहोस

एसइई परीक्षाको तयारी पूरा,ढुक्कसँग

त्रिवि आंगिक क्याम्पसमा ३३ प्रतिशत

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति,

राहत शिक्षकले घोषणा गरे थप आन्दोलनका

वानेश्वर तनावग्रस्तः शिक्षक आन्दोलनमा

शिक्षकमाथि लाठी वर्षाउनु सरकारको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला