इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित

   इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।  शनिबार सम्पन्न निर्वाचनमा सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। महासचिवमा पाण्डे प्यानलका शेषराज भट्टराई विजयी भएका छन्  ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले १७७ मत ल्याए। निकटतम प्रतिस्पर्धी बस्नेतले १६५ मत पाए। निर्वाचनमा मताधिकार रहेका ३७७ मध्ये ३४३ ले मतदान गरेका थिए । यस्तै, तीनजना उपाध्यक्षमा महेशबाबु तिमिल्सिना, राजेन्द्र रिजाल र देवीदास भट्टराई निर्वाचित भएका छन्।  तिमिल्सिना र रिजाल बस्नेत प्यानल र भट्टराई पाण्डे प्यानलका हुन्। यस्तै महासचिवमा ६६ मतको अन्तरसहित शेषराज भट्टराई निर्वाचित भए । बस्नेत समूहका उम्मेदवार भट्टराईले २०३ मत पाएका छन्।

यस्तै, सचिवमा दुबै प्यानलबाट एक एक जना निर्वाचित भए। पाण्डे प्यानलका दीपकराज भुसाल र बस्नेत प्यानलका विक्रम केसी सचिवमा विजयी भएका हुन्।  कोषाध्यक्ष र सह–कोषाध्यक्ष दुबैमा पाण्डे प्यानलका उम्मेदवार विजयी भएका छन्। कोषाध्यक्षमा गोविन्द अधिकारी तथा सह–कोषाध्यक्षमा निरुपमा महर्जन विजयी भएका छन्।

सदस्यहरुमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, शुष्मा आचार्य, सुदन चौहान, बालकृष्ण श्रेष्ठ, प्रकाश श्रेष्ठ, यज्ञविलास पौडेल, सुनीता श्रेष्ठ र प्रशान्त शाह विजयी भए। ९ सदस्यमा सात सदस्य पाण्डे समूहका हुन्।

प्रतिकृया दिनुहोस

सरकारी विद्यालयमा चर्काे शुल्क 

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल

पढाईप्रति लगनशील प्रौढ महिला

कक्षा १२ को खुल्यो रिजल्ट

प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध

परशुराम पोखरेलको सम्झनामा शोक सभा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि