पत्रकार न्यौपानेको स्वर्णिम समय

पत्रकार न्यौपानेको स्वर्णिम समय

अमरवाणी संवाददाता/ काठमाडौं । पत्रकार दामोदर न्यौपानेको चौंथो कृति ‘स्वर्णिम समय’ विमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा कृतिको साहित्यकार माया ठकुरी, राजनीतिज्ञ नयनबहादुर स्वाँर, समालोचक कृष्णप्रसाद गौतम, वरिष्ठ पत्रकार हरिहर विरही र अञ्जु भट्टराईले विमोचन गरे ।

कृति ईटर्नन पब्लिकेशनले प्रकाशन गरेको हो । यसअघि न्यौपानेको ‘एम्बुसमा ६ वर्ष’, ‘कर्मः सिकाइमा गहिरीएको खाडल’ र ‘ट्यालेन्ट शो’ प्रकाशित भइसकेको छ । न्यौपानेको चौंथो कृतिमा विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका साहित्यकार, राजनीतिज्ञ, प्रशासक, चिकित्सक, व्यवसायी, शिक्षक, संगीतकर्मी एवं समाजसेवीका बाल्यकालका अनुभूति समेटिएको छ । कृतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले नेता सुवासचन्द्र नेम्वाङ, नेत्री पम्फा भुसालदेखि ठाडो भाका गायक भेडीखर्के साइँला, अक्सिजन कविका रुपमा परिचित बालकृष्ण अधिकारी, कथाकार माया ठकुरी, कवि श्रवण मुकारुङ, संगीतकार सुरेश अधिकारी लगायत विविध विधाका चार दर्जन बढि व्यक्तित्वको बाल्यकाल अनुभूतिहरु समावेश छन् । कृतिको विमोचनपछि  बोल्दै साहित्यकार ठकुरीले भनिन, ‘अन्तवार्ता दिने क्रममा म आफ्नै बाल्यकाल सम्झेर भक्कानिएको थिँए । बच्चाबेलामा मैले अरुको घरमा काम गरेको छु । अरुले खाएर छोडेको खानाले पेट भरेका कुराहरु कृतिमा छन् ।’

न्यौपानेले केन्द्रका भन्दा परिधिका पात्रहरुलाई कृतिमा समेटेको वरिष्ठ समालोचक गौतमले टिप्पणी गरे । ‘कृतिमा भौगोलिक, जातिगत, क्षेत्रगत, लैङ्गीक विविधता पाइन्छ,’ उनले भने । वरिष्ठ पत्रकार विरहीले पुस्तकमा पात्रहरूको सकारात्मक कुराहरूसँगै नकारात्मक कुराहरू पनि समेटिएको बताए । जे कुरा समाजलाई आवश्यक परेको छ त्यही नै दिने हो । विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरू बाल्यकाल पुस्तकमा समेटिएको विरहीले बताए । राजनीतिज्ञ, साहित्यकार, पत्रकार, कलाकार, प्रशासकको बाल्यकाल पुस्तककमा पढ्न पाइन्छ उनले भने । यो पुस्तक राम्रोसँग पढ्ने हो भने निराशालाई चिर्दै स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिन्छ । प्रकाशकले व्यापारलाईभन्दा पनि उपयोगी पुस्तक प्रकाशन गर्नुपर्नेमा विरहीले जोड दिए । कान्तिपुर दैनिकको साप्ताहिक बाल कोसेली ‘कोपिला’ संयोजन गर्ने क्रममा विभिन्न व्यक्तित्वको बाल्यकाल खोतल्न पुगेका न्यौपानेले त्यसैबेला पुस्तक लेख्ने योजना बनाइसकेको जानकारी गराए । उनले भने, ‘बाल्यकालका कुरा गर्दा मैले मान्छेका अनुभूतीहरू मात्रै सुनिनँ, तीनले त्यतिबेला सामना गरेका समाजको चित्र पनि उतार्ने प्रयास गरेँ । यसले पहिलेको समाज, भूगोल, आर्थिक लगायत अवस्था बुझ्न सहयोग पुग्नेछ । यी पात्रले गरेका संघर्ष प्रेरणादायी हुनेछन्।’ न्यौपानेले आफूले भुइँ मान्छेको कुरा लेखेको बताए । उनले भने, ‘ मैले ठूला मान्छेको कुरा लेखे पनि भुइँ मान्छेकै कुरा लेखेको हो ।’ पुस्तकभित्र समावेश भएका पात्रहरूले तत्कालिन अवस्थामा देखेका समाज हाम्रो लागि विश्वविद्यालय भएको लेखक न्यौपानेले वताए ।

प्रतिकृया दिनुहोस

एसइई परीक्षाको तयारी पूरा,ढुक्कसँग

त्रिवि आंगिक क्याम्पसमा ३३ प्रतिशत

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति,

राहत शिक्षकले घोषणा गरे थप आन्दोलनका

वानेश्वर तनावग्रस्तः शिक्षक आन्दोलनमा

शिक्षकमाथि लाठी वर्षाउनु सरकारको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला