‘सरकारका कारण चिया उद्योग धरापमा’

         ‘सरकारका कारण चिया उद्योग धरापमा’

काठमाडौं । सरकारले चिया क्षेत्रका समस्याप्रति ध्यान नदिँदा नेपाली चिया उद्योग धरापमा पर्ने खतरा बढेको छ । यदि सरकार बेलैमा सचेत नहुने हो भने चिया क्षेत्रका समस्या अझै बढने टिप्पणी सरोकारवालाहरूले गरेका छन् ।

बिहीबार काठमाडौमा आयोजित नेपाल चिया संघको प्रथम साधारणसभामा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले भने,‘चिया क्षेत्र समस्याको चङ्गुलमा छ,सरकार यो सुन्न तयार छैन ।’ चिया उत्पादक,श्रमिक,उद्यमी र वितरकका छुट्टा/छुट्टै समस्या भएको भन्दै तिनको निराकरण गर्ने क्षमता बोर्डसँग नभएको खनालेको भनाइ छ । ‘मन्त्री ज्यूसँग समस्या हल गर्न बारम्बार अनुरोध गर्दा पनि कुनै सुनवाइ हुँदैन’ उनले भने,‘विद्यमान बोर्ड ऐन २०४९ संशोधन नभएसम्म समस्या हल हुनेवाला छैन ।’

कार्यक्रममा वरिष्ठ चिया उद्यमी गोर्खा टि स्टेटका अध्यक्ष उदय चापागाइँले निजी क्षेत्रको पहलमा नेपालको चियाको पहिचान संसारभर भएपनि पहुँच बढाउन नसकिएको बताए । उनले भने,‘सरकारी नीतिकै कारण मुलुकको चिया व्यावसाय संकट उन्मुख अवस्थामा छ ।’

कार्यक्रमका प्रमुख अतिथी ग्लोवल वार्मिङ अभियन्ता पिके शेर्पाले नेपाली चियाको प्रचार–प्रसारका लागि आफू सक्रिय भएर लाग्ने वचन दिए । संघका अध्यक्ष कमलराज मैनालीले चिया क्षेत्रका कृषक,उद्योगी,व्यवसायी,प्याकेजर्स,खुद्रा व्यावसायी सबैलाई अटाउने उद्येश्यले संघ स्थापन गरेको जानकारी दिए । छोटो अवधिमा धेरै साथीहरू सहभागी भएको उनको भनाइ थियो । संघको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीले गरे नागढुंगा–सिस्नेखोला

१७ देशका बाख्रा विज्ञको सम्मेलन चितवनमा

एनआरएनएलाई नेपालमा लगानी गर्न राष्ट्रपति

टेलिकमको फोरजी सेवा ३७ जिल्लामा

नेपाल चिया संघका पदाधिकारीले लिए

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला