प्रधानमन्त्री ओली र मोदीबाट स्वीच थिचेर पाइपलाइन उदघाटन

प्रधानमन्त्री ओली र मोदीबाट स्वीच थिचेर पाइपलाइन उदघाटन

काठमाडौँ, २४ भदौ - दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयबाट संयुक्तरुपमा स्वीच थिचेर उदघाटन गर्नुुभएको छ ।

त्यस अवसरमा दुई प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाईनको प्रारम्भबाट नेपाल र भारतबीचको सम्बन्धमा अझै सकारात्मक प्रभाव परेको र यो दुई देशबीचको सम्बन्धको महत्वपूर्ण उदाहरण भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले जलमार्ग र पर्यटन लगायतका अन्य परियोजनालाई पनि संयुक्त रुपमा अघि बढाईने विश्वास व्यक्त गर्नुभयो ।

पेट्रोलियम पाइपलाइन समयमै सम्पन्न गर्न भारत सरकारबाट प्राप्त सहयोगका लागि प्रधानमन्त्री ओलीले धन्यबाद पनि व्यक्त गर्नुभयो । यसैगरी भारतका प्रधानमन्त्री मोदीले यस प्रकारको संयुक्त प्रयासबाट द्धिपक्षीय परियोजनाहरुमा प्रगति हुँदै जाने र यसबाट दुई देशका जनता लाभान्वित भएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

‘सरकारका कारण चिया उद्योग धरापमा’

प्रधानमन्त्री ओली र मोदीबाट स्वीच

विद्युतीय बसमा मन्त्री पोखरेलको एक

चिनियाँ व्यवसायीलाई उपराष्ट्रपति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला