विद्युतीय बसमा मन्त्री पोखरेलको एक फन्को !

 विद्युतीय बसमा मन्त्री पोखरेलको एक फन्को !

काठमाडौं । सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ। सोमबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बिजुली बसको सेवा आरम्भ गरे ।

पोखरेलले रिबन काटेर सेवा सञ्चालन गरेपछि उनलाई राखेर बिजुली बस पुलिस क्लबबाट सहिद गेट, सुन्धारा, रत्नपार्क हुँदै एक फन्को मारेर पुनः पुलिस क्लबमै आएको थियो।

बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्दा २० प्रतिशत छुट पाइने छ ।  प्रालिले तत्कालका लागि चार ओट बस सञ्चालनमा ल्याएपनि चालु आर्थिक वर्षभित्रै २५ ओटा बस काठमाडौंमा सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनी अध्यक्ष भेषबहादुर थापाले जानकारी दिएका छन् । ११ ओटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता भइसकेको उनले बताए ।

प्रति बस एक करोड ६२ लाख रुपैयाँ मूल्य परेको उनले बताए । बस रिङरोड बाहेक नारायणस्थानबाट मेडिसिटी, गोङ्गबुबाट सूर्यविनायक, कलंकीबाट जोरपाटी,  तीनकुने, विमानस्थल, त्रिपुरेश्वर रुटमा चलाउने योजना रहेको अध्यक्ष थापाले बताए।

 

 

 

 

प्रतिकृया दिनुहोस

स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

‘सरकारका कारण चिया उद्योग धरापमा’

प्रधानमन्त्री ओली र मोदीबाट स्वीच

विद्युतीय बसमा मन्त्री पोखरेलको एक

चिनियाँ व्यवसायीलाई उपराष्ट्रपति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला