ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस

          ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस

काठमाडौं । सूचना प्रविधिको उपयोग गर्दै नेपालभर सामान ढुवानीका लागि ई–ट्रान्सपोर्टेशन सर्भिसले सेवा सुरू गरेको छ । कम्पनीले सहज, सरल ढंगले ई–सेवा दिने उद्देश्यले सर्भिस सुचारु गरेको बताएको छ । निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले ई–ट्रान्सपोर्टेशन सर्भिस  www.nepalets.com   सञ्चालनमा ल्याएको हो ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उक्त सेवाको विधिवत रुपमा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उद्धघाटन् गरे । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाल, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेल, आईटी एक्सपर्ट रोबट विश्वकर्मा, सफ्टवेयर डेभ्लपर आलोक पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री पण्डितले नविनतम सोचका साथ सुरु भएको उक्त सेवाको सफलताको शूभकामना व्यक्त गरे । उनले वर्तमान सरकार पनि ई–गभर्नेन्सतर्फ अघि बढिरहेको सुनाए । उनले भने,‘हामी ई–गभर्नेन्स प्रणालीमा छिटो जान चाहन्छ । र, निजी क्षेत्रबाट जुन यो प्रयास भएको छ । अझै धेरै प्रयास हुन जरुरी छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले ढुवानी सेवामा प्रा.लि.को उक्त थालनीसँगै सामान ढुवानी क्षेत्रमा भएका समस्या तथा विसंगतिहरु न्यूनीकरण गर्न महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामीले वेबसाईट र मोबाइल एप्लिकेसन  nepalets बाट  सेवा प्रदान गर्ने छौं ।

सेवा लिनका लागि सामान ढुवानी गर्ने÷गराउने दुवै पक्ष (व्यक्ती, कम्पनी र गाडी चालकले  www.nepalets.com   वा मोबाइल एप्लिकेसन nepalets मा रजिष्ट्रेसन गर्नु पर्ने हुन्छ जुन निःशुल्क छ । रजिष्ट्रर भइसकेपछि सेवाग्राहीले घर/अफिस जुनसुकै स्थानबाट चाहिएको सेवा लिन ई–ट्रान्सपोर्टेशन सर्भिसमा खबर गर्न सकिने छ ।

ई–ट्रान्सपोर्टेशन सर्भिसले दुवै पक्षको माग र आवश्यकता पुरा गर्न मध्यस्तकर्ताको भूमिका खेल्ने छ ।’ सर्भिस प्रालिका प्रवन्ध निर्देशक सन्तोष मण्डलले प्रालिले नेपालभर कुनै पनि ठाउँबाट जुनसुकै ठाउँमा सामान ढुवानी गर्नु परेमा हामी सहयोगी बन्ने बताए । उनले आफूहरुले यो सेवामार्फत निजी सवारी (गाडी) प्रयोगकर्तालाई लक्षित गरि जुनसुकै ठाउँमा गाडी बिग्रेको खण्डमा मर्मत सेवासमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

 

प्रतिकृया दिनुहोस

अनलाईन सपिङ्गमा जम्दै रारामार्ट

दोस्रो चौमासिकभित्र कार्यान्वयनमा

एयरलाइन्सको व्यवस्थापन सञ्चालन करारमा

भारतीय दुतावासको पत्रको जवाफ परराष्ट्रले

कम वर्षाः कम रोपाइँ

बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला