सरकारले विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण गर्ने

सरकारले विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण गर्ने

काठमाडौं । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सरकारले निःशुल्क रुपमा विद्युतको मिटर वितरण गर्न थालेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई देशव्यापी रुपमा नै कार्यान्वयन गर्न थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रमार्फत् विपन्न वर्गलाई निःशुल्क मिटर जडान शुरु गरेको जानकारी दिएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५ देखि ३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज विद्युत मिटर, एमसिबी बक्स निःशुल्क पाउने छन् ।

प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिने छ ।

मिटरको रू.१ हजार ९३५, एमसिबीको मूल्य, अधिकतम दुई ओटा पोल (करीब १०० मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा रू. ३ हजारदेखि रू. ३ हजार ५०० बराबरको सामान निःशुल्क उपलब्ध गराइने छ । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरीमार्फत् विद्युत प्रयोग गर्दै आएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर रहेका वितरण केन्द्रका सञ्जालमार्फत विभिन्न वर्गलाई निःशुल्क वितरण भइरहेको जानकारी दिए । ‘ पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत प्रयोग गर्दै आएका थिए, निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत् हुने विद्युतीय दुर्घटना कम हुने छ’, घिसिङले भने ‘यस कार्यक्रमले विद्युतको पहुँच विपन्न वर्गसम्म विस्तार भएको छ ।’ सरकारले चालू आवमा विपन्न वर्गलाई निःशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न रू.  ४० करोड विनियोजन गरेको छ । रासस

प्रतिकृया दिनुहोस

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई

४ दिनमा ६४ जनाले लिए मलेशियाका लागि

सरकारले विपन्नलाई निःशुल्क विद्युत

राम्रा–मिठा कुरा गर्दैमा विदेशी लगानी

पाइलट अभावले थन्किएको वाइ–१२ विमानको

कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधारका

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला