राम्रा–मिठा कुरा गर्दैमा विदेशी लगानी आउदैनःडा. महत

राम्रा–मिठा कुरा गर्दैमा विदेशी लगानी आउदैनःडा. महत

तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनमा  मैले पनि ‘कि–नोट स्पिच’ दिएको थिएँ, १४ खर्बको प्रतिबद्धता आएको थियो । तर, अहिलेसम्म त्यो प्रतिबद्धताको एक फ्याक्शनपनि लगानी आएको छैन् ।’

काठमाडौं । मुलुकको विकास र समृद्धिका लागि विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आवश्यक रहेको कांग्रेस नेता पूर्व अर्थमन्त्री रामशरण महतले बताएका छन् । नेता महतले भने,‘विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन स्वागत योग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन् ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए । उनले भने,‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उदार आर्थिक नीति ल्याउनुभयो । वास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ ।’ उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे । उनले थपे,‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो । विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन् ।’

विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो । उनले भने,‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको भनिएको छ ।’ महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए । उनले भने,‘उद्योग–धन्दा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ।’ लगानीको लागि ऐन, कानुनहरु बनाएर मात्रै नहुने उनको धारणा छ । उनले थपे,‘यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ । मिठा र राम्रा कुरा गरेर हुँदैन् ।’

महतले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए । उनले भने,‘तर, हाम्रो सरकार अदक्ष छ, कुनै पनि कुरामा दक्षता देखाएन् ।’ त्यस्तै, उनले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘प्रशासनिक व्यवस्थापन गतिलो बनाउनुपर्छ । अहिलेपनि धेरै झन्झटिलो छ ।’

एकद्धारा प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपनि कुनै काम गर्दा दर्जनौं कार्यालयहरु धाउनुपर्ने बाध्यता विद्यमान रहेको कुरा उद्योगी तथा व्यवसायीहरुले गुनासो गर्ने गरेको उनले सुनाए । महतले पाईला–पाईलामा भ्रष्टाचार व्याप्त रहेको सुनाए । उनले भने,‘सरकारले पहिलो कुरा सुशासन कायम गर्नुपर्छ, अहिलेपनि सरकारले दिने सुविधा लिनै मुश्किल छ। कानून बनाएरमात्रै हुँदैन्, कार्यान्वयनमा जानुपर्छ ।’

तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भिर समिक्षा गर्नुपर्ने धारणा राखे । उनले भने,‘के/कति कारणले प्रतिबद्धता गरिएअनुसार लगानी आएन ? यसबारेमा समिक्षा गर्नुपर्छ । त्यतिबेला मैले पनि ‘कि–नोट स्पिच’ दिएको थिएँ, १४ खर्बको प्रतिबद्धता आएको थियो । तर, अहिलेसम्म त्यो प्रतिबद्धताको एक फ्याक्शनपनि लगानी आएको छैन् ।’

उनले प्रतिबद्धता गरिएको लगानी किन आएन ? भन्ने विषयमा छलफल तथा छानबिन हुनुपर्नेमा पनि जोड दिए । उनले भने,‘हामीले यो पक्षलाई पनि विशेष ध्यान दिन जरुरी छ।’ उनले विदेशी लगानी नेपालको लागि धेरै हिसावले आवश्यक रहेको टिप्पणी गरे । उनले भने,‘भारत र चीन ठूलो बजार छन्, साफ्टाअन्तर्गत फ्रि–ट्रेड एग्रिमेन्ट गरिएको छ, त्यसैले लगानी सम्मेलन गर्ने सरकारको चाहना ठीक छ । यो सकारात्मक हो । तर, यसको लागि मुलुकको सुशासन सुधार गर्नुपर्छ । भ्रष्टाचारलाई समाप्त पार्नुपर्छ ।’ त्यस्तै, उनले स्वदेशी लगानीकर्तालाई पनि चित्त बुझाउनुपर्ने र भएका लगानीकर्ताहरुको जायज गुनासाहरु सरकारले सुन्नुपर्ने सुझाव दिए ।

फरक प्रसँगमा उनले आफू गुट तथा उपगुटको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘पार्टीका आन्तरिक कुराहरु बाहिर धेरै गर्न जरुरी छैन, म गुटको पक्षमा छैन ।’

 

प्रतिकृया दिनुहोस

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई

४ दिनमा ६४ जनाले लिए मलेशियाका लागि

सरकारले विपन्नलाई निःशुल्क विद्युत

राम्रा–मिठा कुरा गर्दैमा विदेशी लगानी

पाइलट अभावले थन्किएको वाइ–१२ विमानको

कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधारका

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला