अब कृषिमा ‘गेम–चेन्जर’ योजना अघि सार्दैछुः मन्त्री खनाल

           अब कृषिमा ‘गेम–चेन्जर’ योजना अघि सार्दैछुः मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउने योजनाका साथ काम भईरहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले  भने,‘अहिलेपनि हामी धेरै कुरामा आत्मनिर्भर भैसकेका छौं । अरु कुरामा पनि आत्मनिर्भर गर्नेगरि काम गरिरहेका छौं । अहिले दूध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भएका छौं ।’

खनालले खसी–बोकामा केही वर्षभित्र आत्मनिर्भर हुने दाबी गरेका छन् । त्यस्तै, उनले फलफुलमा नेपाललाई आत्मनिर्भर आगामी ५÷६ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरे । कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नको लागि अध्ययन गर्न कार्यदल बनाएर काम भैरहेको पनि मन्त्री खनालले जानकारी दिए । उनले भने,‘कृषिमा दिईएका अनुदानहरुलाई व्यवस्थित् गर्नुपर्छ ।

अनुदानमा केहीमा हामीले पुनरावलोकन गर्नुपर्छ । मन्त्री खनालले कर्णाली प्रदेशमा प्राङगारिक कृषि प्रणाली को केन्द्र बनाउनेगरि स्थान चयन गरिसकेको सुनाए । त्यस्तै, आधुनिक कृषि प्रणालीको लागि उदयपुरको बेलका नगरपालिकामा मोडल फाम बनाउने तयारी गरिसकिएको पनि उनले जनाए । उनले भने,‘त्यहाँ ७ हजार बिघा बाँझो जमिन रहेको छ, अब हामी प्राङगारिक र आधुनिक दुवै कृषि प्रणालीलई द्रुत गतिमा अघि बढाउँछौं ।’ आगामी बजेटमा तीन मुख्य कार्यक्रम र १७ योजनाहरु अघि बढाउने पनि उनले जनाए ।

खनालले भने,‘ती कार्यक्रमहरु गेम चेन्जर योजना हुन् । आगामी ५ वर्षभित्र कृषिमा हामी आत्मनिर्भर हुन्छौं ।’ त्यस्तै उनले किसानलाई परिचयपत्र वर्गीकरण गरेर वितरण गर्ने, सोईल हेल्थ कार्ड वितरण गर्ने र किसान कल्याण परिचयपत्र पनि वितरण गर्ने सुनाए ।

मन्त्री खनालले किसानलाई सहुलियतमा ऋण दिनेगरि आफूले व्यवस्था गरिसकेको सुनाए । त्यस्तै, ५ हजार युवाहरुलाई व्यवस्थित गर्नेगरि पुर्वदेखि पश्चिमसम्म एउटा रोष्टर तयार पार्ने पनि उनले सुनाए । उनले भने,‘युवाहरुले उत्पादन गरेका उत्पादनहरुको बजारीकरण गर्छौं ।’ यो कार्यक्रमलाई अघि बढाउनको लागि आगामी बजेटमा ५ सय करोड माग गरिएको पनि उनले सुनाए ।

अहिले सरकराले १४ ‘सुपर–जोन’, ६९ ओटा जोन, केही सय बल्क र केही हजार पकेट निर्धारण गरेको सुनाउँदै उनले भने,‘यी मध्ये सुपर जोन र जोन अहिले केन्द्रले हेरिरहेको छ । बल्क र पकेट चाहीँ प्रदेशलाई हस्तान्तरण गरिएको छ ।

यसलाई प्रभावकारी बनाउनको लागि सुपर जोन केन्द्रमा राख्ने, जोनलाई प्रदेशलाई दिने, बल्क र पकेटलाई स्थानीय सरकारलाई दिनुपर्छ ।’ अब कृषि क्षेत्रमा परिणाम दिनेगरि काम गर्ने पनि उनले सुनाए । सुपर–जोन, जोनलगायतका कार्यक्रमहरु राम्रा रहेको र यसको लागि केही कर्मचारीको अभाव रहेको पनि उनले सुनाए । मन्त्री खनालले भने,‘यी कार्यक्रमहरुमा अहिले कर्मचारीको कमी छ ।

 

प्रतिकृया दिनुहोस

राम्रा–मिठा कुरा गर्दैमा विदेशी लगानी

पाइलट अभावले थन्किएको वाइ–१२ विमानको

कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधारका

अब कृषिमा ‘गेम–चेन्जर’ योजना अघि

११ अर्ब ३८ करोडमा पञ्चासेमा केवलकार

जनताको जलविद्युत्‌को पहिलो शेयर म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला