११ अर्ब ३८ करोडमा पञ्चासेमा केवलकार बन्ने

   ११ अर्ब ३८ करोडमा पञ्चासेमा केवलकार बन्ने

काठमाडौं । पञ्चासेमा ११ अर्ब ३८ करोड रुपैयाँका लागतमा अत्याधुनिक केवलकार निर्माण हुने भएको छ ।  केवलकार एण्ड टुर्स लिमिटेड निर्माण गर्न लागेको केवलकारको सबै पक्रिया पूरा गरेर निर्माण चरणमा प्रवेश गरेको कम्पनीले बताएको छ ।

पोखरा महानगरपालिका–२३ घाँटीछिना देखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्मको ८ दशमलव ५ किलोमिटर दूरीको केवलकार सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको स्पष्ट पारेको छ । कुल ११ अर्ब ३८ करोड ५० लाखको लागतमा निर्माण हुने उक्त केवलकार नेपालकै सबैभन्दा ठुलो र लामो हुने पनि कम्पनीको दाबी छ ।

उक्त परियोजनाले पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित् गर्ने पनि कम्पनीको दाबी छ । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडकाअनुसार मोनोकेबल डिटाचेवल प्यासेन्जर केबलकार निर्माणका लागि सरकारसँग करिब ३ हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भैसकेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । शर्माले उक्त केवलकार निजी, सामूदायिक र जनसहभागितामा निर्माण हुने जनाए । उनले भने,‘अहिले हामीलाई सबै क्षेत्रबाट सकारात्मक सहयोग र हौसला प्रदान भैरहेको छ ।’

उनले पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रविन्दु बनाउँदै वृहत पर्यटकीय गन्तव्यको विस्तार गरि पर्यटकहरुको बसाई लम्बाउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ आफूहरुले उक्त केवलकारको परिकल्पना गरेको स्पष्ट पारे । शर्माले थपे,‘पर्यटन क्षेत्रलाई व्यवसायिकरण गर्ने ‘कर्पोरेट जोइन्ट भेञ्चर कल्चर’को प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण सम्पन्न गर्ने तथा सामूहिक आयआर्जन गर्दै यस क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याउने यस केवलकारको उद्देश्य रहेको छ ।’

त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई ७ प्रतिशत, कास्की, पर्वत, स्याङ्जामा रहेका सहकारीलाई ६ प्रतिशत, राष्ट्रसेवक कर्मचारीका लागि ५ प्रतिशत, पत्रकारका लागि ३ प्रतिशत, नेपाली सेनाका लागि २ प्रतिशत, नेपाल प्रहरीका लागि २ प्रतिशत, शिक्षकका लागि २ प्रतिशत र श्रमिक र अन्यका लागि २ प्रतिशत सेयर छुट्याइएको शर्माले जानकारी दिए ।

कार्यक्रममा लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि शर्मा तिमिल्सिनाले यो परियोजना निर्माण भएसँगै उद्यमशीलतामा परिवर्तन आउने विश्वास दिलाए । उनले भने,‘देशको विकास गर्नको लागि हामी तीनै निजी, सरकारी र संस्थागत सहकारी मिलेर अघि बढ्नुपर्छ ।’ उनले आफूहरुले यो आयोजनामा स्थानीयहरुलाई प्राथमिकता दिएको सुनाए । तिमिल्सिनाले भने,‘हामीले स्थानीलाई ध्यानमा राखेर जसको मासिक आम्दानी ५० हजारभन्दा मुनि रहेको छ, उनीहरुलाई आयोजनामै रोजगारीको व्यवस्था गर्छौं । र, प्रत्येक घरधुरीलाई एक लाखसम्मको सेयरको व्यवस्था पनि गरेका छौं ।’

यो परियोजनाको लागि लाग्ने लागतको लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागितामा जुटाउने पनि आयोजकले जनाएको छ ।  आयोजकका अनुसार उक्त परियोजना अष्ट्रेलियन प्रविधिमा निर्माण गर्न लागिएको छ । निर्माण कम्पनीले परियोजनाका लागि संस्थागत, व्यक्तिगत र सामुदायिक शेयरमा सहभागी हुन सम्पूर्ण उद्योगी–व्यवसायी, पेशाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवं लक्षित क्षेत्रका सम्पूर्ण जनसमुदायलाई हार्दिक अपील गरेको छ ।

 

प्रतिकृया दिनुहोस

ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन

एउटै गाउँबाट ४२ टन मह उत्पादन !

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न

रसुवागढी नाकाको चक्काजाम खुल्यो

ठेकेदारको दबाबमा एक महिनाा नपुग्दै

नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला