खुल्यो पानी जहाज कार्यालय,प्रधानमन्त्रीले भने,‘खोलाको नाम अनुसारका जहाज बनाऊ’

     खुल्यो पानी जहाज कार्यालय,प्रधानमन्त्रीले भने,‘खोलाको नाम अनुसारका जहाज बनाऊ’

काठमाडौँ । ‘पानी जहाज चलाउने’ प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइबारे राजनीतिक एवम् वौद्धिक जगतमा टिकाटिप्पणी भइरहँदा प्रधानमन्त्री ओलीले बिहीबार नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका छन् । भौतिक योजना तथा यातायात मन्त्रालय मातहत रहेको कार्यालय स्थापनपछि प्रधानमन्त्री ओलीले अब पानी जहाजको शुरुआत र विकासका लागि ढोका खुलेको बताए ।

मुलुकलाई रेलभन्दा पनि जलयातायातको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले यहाँका खोलाको चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिए । उनले भने, ‘अहिले कस्तो जहाज बन्ने गर्छ, त्यो हेरेर होइन यहाँको भूबनोटअनुसार जहाज निर्माण गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताए । गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानीजहाज सञ्चालन र काठमाडौँ–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको उनले जानकारी दिए। भारतसँग ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) मा नयाँ आयाम थपिएको उनको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउनु नेपालका लागि गर्वको विषय भएको बताए। भूपरिवेष्ठित देशमा पानीजहाज धेरै नेपालीले असम्भव विषय सोच्ने गरेको उल्लेख गर्दै उनले भने, ‘हिजो पानीजहाज सम्भव छ र ? भन्नेहरुले नै हामीलाई घच्घच्याइरहनुभएको थियो ।’

मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अहिलेसम्म सडक यातायात र हवाई यातायात मात्रै सञ्चालनमा रहेकामा जल यातायात र रेल यातायातको शुरुआत र विस्तार गर्न मन्त्रालय लागिपरेको बताए।

मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले जल यातायात हवाई र सडक यातायातभन्दा सस्तो हुने औँल्याए। मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहने गरी कार्यालय स्थापनाको निर्णय गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन

एउटै गाउँबाट ४२ टन मह उत्पादन !

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न

रसुवागढी नाकाको चक्काजाम खुल्यो

ठेकेदारको दबाबमा एक महिनाा नपुग्दै

नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला