बरुण जलविद्युत आयोजनाको स्थानीयद्वारा विरोध

         बरुण जलविद्युत आयोजनाको स्थानीयद्वारा विरोध

अमरवाणी संवाददाता/काठमाडौं । धार्मिक एवम् सांस्कृतिक पहिचान खतरामा पार्ने गरी संखुवासभास्थित बरुण नदीबाट विद्युत निकाल्ने कार्यको स्थानीयले विरोध गरेका छन् । बरुण नदीबाट १३२ मेघावाटको विद्युत निकाल्न लाइसेन्स  पाएको एम्पीक इनर्जी प्रालिले विकासका नाममा धार्मिक एवम् सांस्कृतिक आस्थामाथि प्रहार गर्न लागेका भन्दै स्थानीय भोटखोलाबासी आक्रोशित बनेका हुन् ।

उनीहरूले बरुण नदीे आफ्नो धार्मिक एवम् संस्कृतिको आस्थाको केन्द्र भएकाले मनोमानी भौतिक संरचना निर्माण गर्न लागिएको भन्दै विरोध जनाएका छन् । स्थानीयले स्थानीय र केन्द्रीय स्तरमा संघर्ष समिति समेत गठन गरेर विरोधका कार्यक्रम अघि सारेका छन् ।

‘बरुण नदी बचाँऊ तथा संरक्षण गरौं’ भन्ने नाराका साथ स्थानीयबासीले आयोजना रोक्न उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र सचिव दिनेश कुमार घिमिरेलाई भेटी ज्ञापन पत्र बुझाएका छन् । साथै उनीहरूले गृह सचिव प्रेम कुमार राई र राष्ट्रिय निकुञ्जका महानिर्देशकलाई  पनि ज्ञापनपत्र बुझाएका छन् ।

माघ १३ गते संखुवासभाका प्रतिनिधिसभा सांसद राजेन्द्र गौतमको नेतृत्वमा प्रदेश सदस्य पूर्ण प्रसाद राई, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्र कार्की (नवीन), जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य लगायतको टोलीले उर्जा मन्त्री पुनलाई भेटी ज्ञापनपत्र बुझाएको थिए । समितिका संयोजक सुजन खालिङले भने ‘धार्मिक स्थल बरुण नदीमा विद्युत निर्माण कम्पनीको इजाजत खारेजका लागि मन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हौं ।’ उनले भने,‘यो पौराणिक पवित्र नदीमा आयोजना निर्माण हुँदा यसको मौलिकता तथा पहिचान गुम्ने भएकोले स्थानीयले आयोजनाको बिरोध गरेका हौं ।

स्थानीय युवा छितेन भोटेका अनुसार जलविद्युत आयोजनाले स्थानीय भोटखोलाबासीसँग समन्वय नगरेको तर केही स्थानीय जनप्रतिनिधिसँग मिलेर एकतर्फी रुपले आयोजनाको काम अगाडि बढाउन खोजेको आरोप लगाए । उनले भने,‘हामी कुनैपनि हालतमा यो योजना अघि वढ्न दिदैनौं । बरुणको इतिहास मार्ने गरी आयोजनाले विकास होइन विनास निम्त्याउने स्थानीयको आरोप छ ।

एम्पीक इनर्जी कम्पनीले निर्माण गर्न लागेको सो जलविद्युत आयोजना संखुवासभाको भोटखोला गाउपालिका वडा नं ४ मा पर्दछ । स्थानीयस्तरमा पनि आयोजना विरुद्ध समिति गठन गरेर परियोजनाको विरोध गरिएको छ । स्थानीयस्तरमा छेरुक भोटे संयोजकत्वको संघर्ष समिति र रिदर थिकेपा  भोटे संयोजनकत्वको बरुण बजार व्यवस्था समितिको निर्देशनमा विरोध भइरहेको छ ।

तर, आयोजना निर्माण कम्पनीले भने केही व्यक्ति बाहेक स्थानीयले विरोध नगरेको बताएको छ । परियोजनाका संयोजक धु्रव कुमार उप्रतीले भने,‘हालै हामीले स्थानीय बीच सार्वजनिक सुनवाई कार्यक्रम नै सञ्चालन गर्यो । त्यसमा गुनासो आएको छैन’ अमरवाणीसँग उनले भने,‘यदि कसैको गुनासो छ भने कम्पनी त्यो समाधान गर्न तयार छ र स्थानीयवासीसँग हामी समन्वय गरेर अघि बढ्छौ ।’ यता, स्थानीयबासीले भने आयोजनाले सर्वेका बेलामा स्थानीयलाई बाइपास गरेको आरोप लगाएका छन् ।

 

प्रतिकृया दिनुहोस

     बुद्ध पावर कम्पनीले बुझायो अनलाइन

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई

४ दिनमा ६४ जनाले लिए मलेशियाका लागि

सरकारले विपन्नलाई निःशुल्क विद्युत

राम्रा–मिठा कुरा गर्दैमा विदेशी लगानी

पाइलट अभावले थन्किएको वाइ–१२ विमानको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला