अपराध सहिँताको २५० नं बुँदा तत्काल संशोधन गर्न निर्माण व्यवसायीको माग

अपराध सहिँताको २५० नं बुँदा तत्काल संशोधन गर्न निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २५० तत्काल संशोधन गर्न आग्रह गरेको छ । बुधवार महासंघकको प्रतिनिधि मण्डलले प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरालाई भेटेर ऐन संशोधनका लागि आग्रह गरेको हो ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले संहिता ऐनमा संशोधनका लागि आवश्यक बुँदाहरु पनि सभामुख समक्ष समक्ष पेश गरेको छ । निर्माण कार्य खरीदको सम्झौता भए पश्चात निर्माण व्यवसायीहरुले कार्य नगरेमा, गुणस्तरीय कार्य नगरेमा वा समयमै कार्य सम्पन्न नगरेमा धरौटी रकम जफत गरिने, सम्झौता अंकको १० प्रतिशत रकम लिक्विडिटी ड्याम्मेज बापत असुल गरिने बुँदा संशोधनका लागि महासंघले अनुरोध गरेको छ ।

त्यस्तै, १ वर्षदेखि ३ वर्षसम्म कालो सूचीमा राखिने, ठेक्का सम्झौता अन्त्य गरिने तथा सम्पन्न हुन वाँकी काम निर्माण व्यवसायीको घर घरानाबाट असुल उपर गरिने संहितामा उल्लेख छ । तर, भ्रष्टाचार निवारण ऐन अनुसार आधिकारिक निकायहरुबाट मुद्दा चलाइने व्यवस्था नै निर्माण व्यवसायीहरुको लागि पर्याप्त भएकोले अन्य कुनै व्यवस्था आवश्यक नभएको महासंघको भनाइ छ ।

सो अवसरमा सभामुख महराले सो दफा संशोधनका लागि आफूले पहल गर्ने बताएको महासंघले जानकारी दिएको छ । महासंघ प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै उपाध्यक्ष रत्नबहादुर खड्का लगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

व्यवसायीको प्रश्नःहामीले तिरेको कर

अनलाईन सपिङ्गमा जम्दै रारामार्ट

दोस्रो चौमासिकभित्र कार्यान्वयनमा

एयरलाइन्सको व्यवस्थापन सञ्चालन करारमा

भारतीय दुतावासको पत्रको जवाफ परराष्ट्रले

कम वर्षाः कम रोपाइँ

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला