इसेवा दशौं वर्षमा प्रवेश

           इसेवा दशौं वर्षमा प्रवेश

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले अहिले देशभर आफ्नो सञ्जाल बनाएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी सेवा दिँदै आएको कम्पनीले छोटो अवधिमै फड्को मारेको छ ।  दश वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढीले सेवा लिइरहेको कम्पनीको दाबी छ । हाल इसेवाका देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख पुगिसकेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइ जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ ओटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

कम्पनीका अध्यक्ष विश्वास ढकालले भने, ‘मोबाईललाई कुराकानी गर्ने माध्यमबाट शुल्क भुक्तानी र किनमेल गर्ने साधनका रूपमा स्थापित गर्न सफल भएका छौँ । मोबाईल वित्तीय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याएर आम मानिसको दैनिक जनजीवन सहज बनाउने कार्य हामीले सुरूवात गरेकोमा गौरवान्वित बनेका छौँ’ ।

 

 

प्रतिकृया दिनुहोस

     बुद्ध पावर कम्पनीले बुझायो अनलाइन

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई

४ दिनमा ६४ जनाले लिए मलेशियाका लागि

सरकारले विपन्नलाई निःशुल्क विद्युत

राम्रा–मिठा कुरा गर्दैमा विदेशी लगानी

पाइलट अभावले थन्किएको वाइ–१२ विमानको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला