५ अर्ब लगानीमा ठमेलमा अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’

        ५ अर्ब लगानीमा ठमेलमा अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’

काठमाडौं । पर्यटकीय केन्द्र ठमेलमा मंगलबारदेखि अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’ सञ्चालनमा आएको छ । ‘ठमेलभित्रको ठमेल’ का रुपमा कम्पनीले प्रवद्र्धन गरेको ‘छायाँ सेन्टर’ नेपालकै अत्याधुनिक एवम् सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको संचालकको दाबी छ ।

उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सामान एवम् सेवा उपलब्ध  हुने छन् ।   पर्यटकीय व्यावसायिक गन्तव्यका रुपमा छाँया सेन्टर सञ्चालनमा ल्याइएको हो । कम्प्लेक्समा तीन ओटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामाग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लब लगायत सुविधा  उपलब्ध छन् । यस्तै, बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालय पनि सेन्टरमा रहनेछन् ।

छाँया सेन्टरमा मार्चदेखि पाँच तारे स्तरको अलफ्ट होटल पनि सञ्चालनमा ल्याउने तयारी गरिएको बताइएको छ । यो होटल म्यारिएटको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको हो । अहिले होटलको इन्टेरियर डिजाइनको काम हुँदैछ । १५ तले भवनको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुनेछ । होटलसँगै छायाँ सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ ।

ठमेलमा करिब १५ रोपनी क्षेत्रफलमा बनेको यो अत्याधुनिक व्यापारिक कम्प्लेक्स सन् २०१३ बाट निमार्ण थालिएको थियो । पाँच बर्ष लगाएर निमार्ण गरिएको सेन्टरको लागत पाँच अर्ब रुपैयाँ छ । पर्यटनको अथाह सम्भावना रहेको नेपालमा होटलसहितको नमुना सपिङ् कम्प्लेक्स संचालन गर्न लागिएको छाँया सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए ।

ठमेल बजारमा पाइने सबै सुविधा उपलब्ध रहेको कम्प्लेक्सले ठमेलको पर्यटनलाई मात्रै नभई समग्र नेपालको पर्यटन क्षेत्रको स्तरवृद्धि गर्न सहयोग र्पुयाउने विश्वास उनको छ । कम्प्लेक्समा तीन सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निमाणर् गरिएको छ । यो नेपालकै नमूना र व्यस्त  कम्प्लेक्स हुनेमा कम्पनीका लगानीकर्ता आशावादी छन् । नेपाल इन्भेष्टेमन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको नेतृत्वमा बैंकिंग, निर्माण, जलविद्युत, व्यापार, उद्योग, पर्यटन लगायत विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागितामा छाँया सेन्टर सञ्चालनमा आएको हो ।

 

प्रतिकृया दिनुहोस

रसुवागढी नाकाको चक्काजाम खुल्यो

ठेकेदारको दबाबमा एक महिनाा नपुग्दै

नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म

अर्थमन्त्रीको जवाफ : राज्यले गर्ने

आगामी दिनमा पूँजीगत खर्च बढ्छ : सत्ता

संसदमा आजदेखि बजेटमाथिको सैद्धान्तिक

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला