मेलम्चीको काम पूरा नगरे ठेकेदार कम्पनी सीएमसीको धरौटी जफत हुने

  मेलम्चीको काम पूरा नगरे ठेकेदार कम्पनी सीएमसीको धरौटी जफत हुने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिरहेको ठेकेदार कम्पनी सीएमसीले सम्झौता अनुरुप काम नगरी भाग्न खोजेपछि सरकारले धरौटी जफत गर्ने बताएको छ ।

विहीबार अर्थ समितिले बोलाएको छलफलमा खानेपानीमन्त्री बिना मगरले सीएमसीको धरौटी जफत गर्ने बताइन् ।  सीएमसीको ‘ पर्फमेन्स सेक्युरिटिज’ बापत नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल ३८ करोड र धरौटी बापत २ अर्ब ५० करोड रुपैंया गरि २ अर्ब ८८ करोड रुपैंया नेपालमा छ । मेलम्ची आयोजना पूर्ण रुपमा सम्पन्न हुन अब ठेकेदार कम्पनीले २ अर्ब ६० करोड रकम खर्चनुपर्ने बताइएको छ ।

सीएमसीलाई सरकारले हालसम्म ८ अर्ब ३० करोड भुक्तानी दिइसकेको छ । मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जफत भए पनि सीएमसीले नै काम गरेको अवस्थामा उसैलाई काम गर्न दिने र उसले काम नगरे आफैं बनाउने तयारी गरिएको बताए । सरकारले सीएमसीलाई अब ३८ करोड रुपैंया मात्र भुक्तानी गर्न बाँकी छ, त्यसमध्ये १५ करोडको बिल आइसकेको सचिव ठाकुरले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

७ महिना अगावै निमार्ण सम्पन्न गर्ने

टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम

माथिल्लो कर्णालीको काम तत्काल आघि

५ अर्ब लगानीमा ठमेलमा अत्याधुनिक

सरकारकै कारण मेलम्ची आयोजना उपठेकेदार

मेलम्चीको काम पूरा नगरे ठेकेदार कम्पनी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला