सरकार ठूला ठेक्का विदेशीलाई सुम्पन लागेकोमा महासंघको आपत्ति

 सरकार ठूला ठेक्का विदेशीलाई सुम्पन लागेकोमा महासंघको आपत्ति

काठमाडौं । सरकारले ठूला ठेक्कामा नेपाली निर्माण व्यवसायी सहभागी  हुनै नपाउने गरी टेण्डर आह्वान गरेको बताएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गरी एशियाली विकास बैंक लगायत दातृ निकायले टेण्डर आह्वान गरेपछि महासंघले आपत्ति जनाएको हो ।

एडीबी लगायतका दातृ निकायको ऋण सहयोगमा आह्वान हुने अर्बौंको ठेक्कामा नेपाली व्यवसायीले नै प्रतिस्पर्धा नपाउनु जायज नभएको महासंघका अध्यक्ष रवी सिंहले बताए ।  स्वदेशी निर्माण व्यवसायीलाई अन्तर्राष्ट्रिय निर्माण कार्य गर्नको निमित्त क्षमतावान् बनाउनु पर्ने बेला ठूला ठेक्काबाट बञ्चित गरिदै छ । अध्यक्ष सिंहले भने, ‘दातृ निकायको ऋण सहयोगमा सञ्चालन हुने आयोजनामा नेपाली निर्माण व्यवसायीको मापदण्ड नै नपुग्ने गरी बोलपत्र मागिएको छ,यसमा हाम्रो आपत्ति छ ।’

करीब १८ अर्बको लागतमा निर्माण हुने ८७ किलोमिटर लामो कञ्चनपुर कमला सडक खण्डका लागि नेपाली निर्माण व्यवसायीले प्रतिस्पर्धा नै गर्न नपाउने गरी एशियाली विकास बैंकले टेण्डर आह्वान गरेको छ । यस अघि वुटवल नारायणगढ सडक खण्डको टेण्डरमा पनि विदेशी कम्पनीहरु मात्र सामेल हुने गरी प्रक्रिया अघि बढाइएको महासंघले बताएको छ ।

महासंघका उपाध्यक्ष आङ दोर्जी लामाले नेपाली व्यवसायी आफैंले गर्न सक्ने काममा विदेशीलाई गुहार्नु कुनै पनि हिसाबले जायज नहुने बताए । पत्रकार सम्मेलनमा महासचिव रोशन दाहालले एडीबीबाट अव्यवहारिक किसिमले आह्वान भएको टेण्डरहरु यथास्थितिमा रोकी नेपाली निर्माण व्यवसायीहरु समावेश हुन पाउने गरी आवश्यक सुधार गर्नका लागि सम्बन्धित निकाय समक्ष माग गर्नुभयो ।

महासंघका उपमहासचिव तथा प्रवक्ता टंकप्रसाद चौलागाईले स्वदेशी निर्माण व्यवसायीलाई बलियो बनाउन राज्य जिम्मेवार हुनुपर्नेमा उल्टै निर्माण व्यवसायीलाई पेल्न खोजेको  आरोप लगाए ।

प्रतिकृया दिनुहोस

जनताको जलविद्युत्‌को पहिलो शेयर म

खुल्यो पानी जहाज कार्यालय,प्रधानमन्त्रीले

ऐनसेल र एक्जियटालाई लाभकर तिर्न

टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था

बरुण जलविद्युत आयोजनाको स्थानीयद्वारा

अपराध सहिँताको २५० नं बुँदा तत्काल

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला