निर्माण क्षेत्रका समस्या सल्टाउन अर्थमन्त्री सकारात्मक, महँगा उपकरण किन्न सरकारले ३ अर्ब दिने

निर्माण क्षेत्रका समस्या सल्टाउन अर्थमन्त्री सकारात्मक, महँगा उपकरण किन्न सरकारले ३ अर्ब दिने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण क्षेत्रका समस्या हल गर्न सकारात्मक रहेको बताएका छन् । बुधबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री डा. खतिवडाले समृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण भएकाले यस क्षेत्रका समस्या हल गर्न आफू तत्पर रहेको बताए ।

महासंघका अध्यक्ष रवि सिंहले अर्थ मन्त्री खतिवडा निर्माण व्यवसायीका समस्याप्रति सकारात्मक रहेको बताए । महँगा उपकरण किन्न सरकारले ३ अर्ब रुपैयाँ छुट्याएको र त्यसमा निर्माण व्यवसायीको पनि सहभागी बन्नुपर्नेमा अर्थमन्त्रीले जोड दिएको सिंहले जानकारी दिए । महँगा उपकरणको अभावमा ठूला परियोजनाको काम प्रभावित भएकाले सरकारले सार्वजनिक–निजी साझेदारिता (पीपीपी) मोडलमा उपकरण किन्ने प्रस्ताव गरेको हो । महासंघको अध्यक्ष सिंहले भने,‘यो राम्रो सुरुआत हो हामी सहभागी हुन तयार छौ ।’

सो अवसरमा अर्थमन्त्रीले भ्याटको समस्या हल गर्ने र व्यवसायीको रोकिएको भुक्तानी छिट्टै उपलब्ध गराउन पहले गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । लामो समय सम्म व्यवसायीले निर्माण गरेका ठेक्काको भुक्तानी पाउन सकेका छैनन् ।  

महासंघको टोलीले निर्माण कार्यसंग सम्बन्धित् निर्माण सामाग्री उत्पादकहरु, ठेक्कासँग सम्बन्धित परामर्शदाता, ठेक्का प्रदान गर्ने निकाय तथा सम्बन्धित सबै पक्ष जिम्मेवार हुनु पर्ने तथा गराउन पर्नेमा निर्माण व्यवसायीलाई मात्र दोष थोपर्ने गरी मुलुकी ऐनमा गरिएको कानुनी व्यवस्था संशोधन गर्न अनुरोध गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

पञ्चासेमा केबुलकार बन्ने, रू.३ अर्बको

निर्माण क्षेत्रका समस्या सल्टाउन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको

कामदार पठाउन थालेको २० वर्षपछि मलेशियासँग

निर्माण व्यवसायी महासंघको चियापान

तीन महीनामा आठ अर्ब बराबरको सवारीसाधन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला