कामदार पठाउन थालेको २० वर्षपछि मलेशियासँग श्रम सम्झौता,मलेशियामा कामदारले लेभी तिर्नु नपर्ने

कामदार पठाउन थालेको २० वर्षपछि मलेशियासँग श्रम सम्झौता,मलेशियामा कामदारले लेभी तिर्नु नपर्ने

काठमाडौं । नेपालबाट मलेशिया कामदार जान लागेको २० वर्षपछि नेपाल र मलेशियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सोमवार काठमाडौंमा आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार मलेशिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतका खर्चहरु सम्बनिधत रोजगारदाताले नै बेहोर्ने छ । यो समझदारीपश्चात अब मलेशयिामा नेपाली कामदारले तिर्दै आएको लेभी तिर्नु नपर्ने भएको छ । ३ वर्षको करार अवधि अव २ वर्षको हुने छ ।

कामदारको पारिश्रमिक प्रत्येक महीनाको ७ तारिखभित्र बैङ्क खाता मार्फत भुक्तानि गर्नु पर्ने छ । कामदारले मलेशिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट नघट्ने गरी तलव। भत्ता एवम् सुविधा दिनुपर्ने समझदारी भएको छ । अतिरिक्त समय काम गर्ने कामदारले थप तलव, सेवा सुविधा पाउने छन् ।

नेपालीको स्वास्थ्य, सुरक्षा, श्रमसम्बन्धि कुनै विवाद भएका विदा समाधान नहुञ्जेल मलेशिया बस्न पाउने सुविधा पाउने, परिवारको निकट ब्यत्तिmको निधन भएमा बढमिा १५ दिनको बिदा पाउने समझदारीमा उल्लेख छ । कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेशिया सरकारले लागू गरेको कानून नेपाली कामदारको हकमा पनि लागू हुने, रोजगारदातासँगको सम्झौता अवधि समाप्तभएपछि कामदारले आफूले चाहेको रोजगारदाता छनौट गर्न पाउने अधिकार रहने समझदारी भएको छ ।

दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेशियाको रोजगारी खुल्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस

पञ्चासेमा केबुलकार बन्ने, रू.३ अर्बको

निर्माण क्षेत्रका समस्या सल्टाउन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको

कामदार पठाउन थालेको २० वर्षपछि मलेशियासँग

निर्माण व्यवसायी महासंघको चियापान

तीन महीनामा आठ अर्ब बराबरको सवारीसाधन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला