निर्माण व्यवसायी महासंघको चियापान कार्यक्रम

 निर्माण व्यवसायी महासंघको चियापान कार्यक्रम

काठमाडौं । निर्माण व्यवासायी महासंघले शुक्रबार दशैं, तिहार, नेपाल सम्बत् ११३९ र छठ पर्वको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, नेकपा नेतृ शशी श्रेष्ठ, नेपाली कांग्रेसका नेताहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, अर्जुन नरसिंह केसी, बालकृष्ण खाँड, जीपछिरिङ लामा शेर्पा, नेविसंघका अध्यक्ष नैनसिंह महर, तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायतको उपस्थिति रहेको थियो । चियापान कार्यक्रममा निर्माण व्यवसायीका साथै अन्य पेशा तथा क्षेत्र व्यक्तिहरूको सहभागिता थियो ।

यसैबीच, महासंघले परिसरमा निर्र्माण गरिएको अत्याधुनिक मल्डिमिडिया सहितको सभाकक्षको पनि उद्घाटन  गरेको छ । निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहनु भएका भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयका सह–सचिव केशव शर्माले सभाकक्षको उद्घाटन गरे । शर्माले निर्माण व्यवसायीहरुको वृद्धि विकास तथा क्षमता अभिवृद्धिका लागि निर्माण व्यवसाय विकास कार्यान्वयन समिति सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले परिष्द, सिटीइभिटी तथा महासंघ मिलेर चाँडै निर्माण व्यवसायीहरुका लागि तालिम केन्द्र संचालन गर्ने जानकारी दिए । महासचिव रोशन दाहालले निर्माण व्यवसायीलाई दक्ष बनाउन परिषद्बाट भइरहेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस

राम्रा–मिठा कुरा गर्दैमा विदेशी लगानी

पाइलट अभावले थन्किएको वाइ–१२ विमानको

कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधारका

अब कृषिमा ‘गेम–चेन्जर’ योजना अघि

११ अर्ब ३८ करोडमा पञ्चासेमा केवलकार

जनताको जलविद्युत्‌को पहिलो शेयर म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला