राम्रो काम गर्ने निर्माण व्यवसायी आत्तिनु पर्दैनः प्रधानमन्त्री ओली

  राम्रो काम गर्ने निर्माण व्यवसायी आत्तिनु पर्दैनः प्रधानमन्त्री ओली

अमरवाणी संवाददाता/काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण  व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २० औँ साधारण सभा उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै कुनै पनि व्यवसायी आत्तिनु नपर्ने बताए । उनले भने,‘मुलुकी अपराध ऐन’ असंशोधनीय दस्तावेज होइन,आवश्यक परे त्यसलाई संशोधन गर्न सकिन्छ ।’

व्यवसायीका जायज मागमाथि दफावार छलफल गर्न सरकार तयार रहेको भन्दै जानजान गुणस्तरहीन काम गर्ने र बेलैमा काम पुरा नगर्ने व्यवसायीलाई भने नछोडिने प्रधानमन्त्री ओलीले बताए ।   निर्माण व्यवसायीका केही माग व्यावसायिक स्वार्थमा केन्द्रित रहेकाले त्यस्ता माग पुरा गर्न नसकिने पनि प्रधानमन्त्रीले बताए ।  उनले भने, ‘नेपाली निर्माण व्यवसायीले ठूला परियोजनामा कसरी सहभागीता जनाउने भन्ने कुरामा उपयुक्त उपाय खोज्न सकिन्छ ।’

कार्यक्रममा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले मुलुकी अपराध ऐन त्रुटिपूर्ण र अव्यवहारिक भएकाले विकास निर्माणका काम नै प्रभावित हुने दफा संशोधन गर्न आग्रह गरे । उनले निर्माण व्यवसायीबाट हुने त्रुटिपूर्ण कामको लागि सार्वजनिक खरिद ऐन र नियमावलीमा रहेको व्यवस्था अनुरुप निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने, धरौटी जफत गर्ने जस्ता कानुनी व्यवस्था हुँदा हुँदै निर्माण व्यवसायीलाई निरुत्साहित गर्ने गरी सरकारले ल्याएको मुलुकी अपराध ऐनप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताए । नेपालको कुल गार्हस्थ उत्पादनमा ११ प्रतिशत योगदान दिएको निर्माण व्यवसायलाई मूल्यवृद्धिले नकारात्मक असर पारेको भन्दै उनले सरकारसँग मूल्य समायोजन गरिदिन माग गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण व्यवसाय सम्बन्धी वार्षिक पत्रिका ‘सोभेनियर’ तथा ‘निर्माण व्यवसायको २५ वर्ष’ पुस्तक विमोचन गर्नुका साथै ज्येष्ठ निर्माण व्यवसायी कृष्णभक्त मानन्धर लगायतलाई सम्मानित गरिएको थियो । महासंघको साधारणसभाले नयाँ कार्य समिति चयन गर्ने छ ।

 

प्रतिकृया दिनुहोस

इन्जिनियर्स एशोशिएसनमा वामपन्थी

नेप्सेमा अनसन, बजार प्रभावित

कृषि पूर्वाधार र यान्त्रिकीकरणमा

उखु उत्पादक र चिनी उद्योगीबीचको वार्ता

व्यापार घाटा साढे तीन खर्ब

सरकार ठूला ठेक्का विदेशीलाई सुम्पन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला