नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा

   नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा यक्षध्वज कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । पूर्व अध्यक्ष समेत भइसकेका कार्की सत्तासिन नेपाल कम्युनिष्ट पार्टी निकट निर्माण व्यवसायी हुन् ।  

असोज ४ र ५ गते हुने ११ औं अधिवेसन तथा २० साधारणसभाले महासंघको भावी नेतृत्व समेत चयन गर्दै छ । उनले आफ्ना ५१ बुँदे प्रतिबद्धतासहित बुधवार उम्मेदवारी घोषणा गरेका हुन् । अहिले निर्माण व्यवसाय क्षेत्र सरकारी निकाय एवम् नागरिक समाजलगायतबाट बदनाम भैरहेको तितो सत्य सुनाउँदै कार्कीले भने,‘महासंघको उद्देश्यमा नै धक्का पुग्ने अवस्था भएकोले म पुनः अध्यक्षमा उठेको छु । समयमै काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्छु ।’

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले  महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखि नै महासंघ एवम् व्यवसायीहरुको हकहित र गरिमाका लागि आफू  निरन्तर लागिपरेको जिकीर गरे । उनले महासंघको नेतृत्वमा पुग्न रहरले  नभएर समय र परिस्थितिले ल्याउने कुरा भएको पनि स्पष्ट पारे । उनले भने,‘व्यवसायीहरुको उत्थान गर्ने हो । सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरु सम्पन्न गर्ने हो । जनतासँग नजिक रहने हो ।’

उनले आफूविरुद्ध अध्यक्षको लागि मैदानमा उत्रिएका साथीहरुप्रति आफ्नो कुनै गुनासो पनि बताए । ‘क्षमता, योग्यता, मत र विश्वासले नेतृत्वमा पुग्ने हो । १२ हजार ५ सय प्रतिनिधि साथीहरु हुनुुहुन्छ, उहाँहरुको मतले म जित्नेछु,’ उनले भने ।  

 

प्रतिकृया दिनुहोस

कालिका र पप्पु कन्स्ट्रक्सनलाई

कर्मकाण्डी बजेटले संघीयता उभो

माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादन

आर्थिक उदारवादमा अंकुश लगाए मुलुक

तातोपानी नाका जेठ १७ बाट खुल्ने

भृकुटीमण्डपमा फुटवेयरको ‘सेल–मेला’

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला