प्रत्येक भान्साको तनाव व्यवस्थापक नेपाल ग्यासको कम्पोजिट सिलिण्डर

प्रत्येक भान्साको तनाव व्यवस्थापक नेपाल ग्यासको कम्पोजिट सिलिण्डर

काठमाडौं । भान्सामा रहेका सिलिन्डर सुरक्षित छन् कि छैनन्, पाइप ठिकसँग जोडिएको छैन कि ? रेगुलेटरबाट ग्यास लिक त भएको छैन ? सिलिन्डर पड्किने पो हो कि ? भन्ने चिन्ता एलपी ग्यास प्रयोगकर्ता सबैको भान्सामा पलपल हुने गर्छ । ग्यास सिलिन्डर पड्केर दुर्घटना निम्तिने गरेकाले यस्तो तनाव स्वभाविक पनि हो । तर, नेपाल ग्यासको कम्पोजिट सिलिण्डरमा भने यस्तो जोखिम छैन । एक वर्षको परीक्षणपछि व्यावसायिक प्रयोजनमा ल्याइएको कम्पोजिट सिलिण्डरप्रति उपभोक्ताको आकर्षण रहेको कम्पनीको भनाइ छ । नयाँ प्रविधि प्रयोग गरिएको यो सिलिण्डर शतप्रतिशत सुरक्षित छ ।

कम्पनीका वरिष्ठ मार्केटिङ अफिसर हेमन्त शाह भन्छन्, ‘एक वर्ष परीक्षण ग¥यौँ । कुनै गुनासो नआएपछि औपचारिक बिक्री सुरू गरिएको छ ।’ आम नेपाली उपभोक्ताका लागि केही महँगो भएपनि माग बढी रहेको कम्पनीको भनाइ छ ।  नेपालको ग्यास व्यवसायमा अग्रणी संस्था नेपाल ग्यास २०२६ सालमा स्थापना भएको हो । 

विकसित मुलुकहरूमा पनि कम्पोजिट सिलिन्डर प्रयोग गरिन्छ । यस्ता सिलिण्डर प्लाष्टिक र फाईबरको संयोजनबाट बनेका हुन्छन । १३५/४० बार प्रेसर थेग्न सक्ने क्षमता भएकाले यदि सिलिण्डरमा आगलागी भएपनि विस्फोट हुँदैन । यो निकै हलुका र बोक्न सजिलो छ । नेपाल ग्याँसले अहिले कम्पोजिटका दुई सिलिण्डर बजारमा उपलब्ध गराएको छ–ठूलो १४.२ किलोको र सानो ५ किलोको । ठूलो सिलिण्डरको तौल ग्याँस भरेपछि २३ किलो तथा सानोको चाहिँ ९ किलो हाराहारी तौल पुग्छ । हलुका भएकै कारण, पहाडी भू–भागमा पनि यसलाई सजिलै बोक्न सकिने तथा हिमाली पदयात्रा वा पर्वतारोहणमा जानेहरुका लागि उपयोगी छ । पाँच पटकका सगरमाथा आरोही लाक्पा शेर्पाले यसलाई हिमाली क्षेत्रका लागि निकै नै उपयोगी बताएका छन् ।  

नेपाल सरकारको नापतौल तथा गुणस्तर विभागबाट प्रमाणित र स्वीकृत भएर कम्पोजिट सिलिण्डर अन्तर्राष्ट्रिय स्तरमा समेत आईएसओ प्रमाणित भईसकेको छ । शाह भन्छन्, ‘हल्का अँध्यारो कोठामा लगेर फ्ल्यास लाईट बाल्नुभयो भने सिलिण्डरमा रहेको ग्याँसको मात्रा सजिलै थाहा लाग्छ ।’ अल्ट्रा भ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसमका लागि उपयुक्त छ । यसमा ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडान गरिएको छ । काठमाडौँ उपत्यकामा मेरो किराना डट कममार्फत् कम्जोजिट सिलिण्डरको विक्री वितरण भईरहेको छ । छिट्टै नै सोलुखुम्बु लगायतका पर्यटकीय हिमाली जिल्लामा पनि यसको डिपो राख्ने तयारी भईरहेको छ ।

ठूलो सिलिण्डरको बजार मूल्य १० हजार ६ सय रहेको छ भने सानो सिलिण्डरको ६ हजार ९९२ रहेको छ । शाह भन्छन्, ‘सिलिण्डर खरिद गर्दा मात्रै केही महँगो पर्ने हो । ग्याँस रिफल त साबिकको मूल्यमा नै हुन्छ ।’ यो सिलिण्डरको मूल्य बढी हुनुको मुख्य कारण नेपाल सरकारले लिने भन्सार हो । फलामे सिलिण्डरको भन्सार ७ प्रतिशत छ भने कम्पोजिटले ३७ प्रतिशत भन्सार तिर्नुपर्ने हुन्छ । कम्पनीका अध्यक्ष गुणचन्द्र विष्ट भन्छन्‘सुरक्षित ग्यास बजारमा ल्याउँदा भन्सार छुट दिनुका सट्टा झन बढी लिइएको छ, यसबारे मन्त्री ज्यूलाई समेत अवगत गराइ सकिएको छ ।’

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास उद्योग पूर्ण स्वचालित छ । अटोमेटिक वोटलिङ्ग प्लान्ट र परीक्षण स्थल भएको कम्पनीसँग विज्ञ प्राविधिक जनशक्ति छ । उद्योगसँग प्रत्येक सिफ्टमा १२ हजार सिलिण्डर फिल गर्ने क्षमता छ । माग अनुसार १ हजार मेट्रिक टनसम्मको भण्डार गर्ने क्षमता रहेको नेपाल ग्याँस नेपालकै सबैभन्दा ठूलो ग्याँस उद्योग हो । हाल यसका काठमाडौँ उपत्यकामा २६० भन्दा बढी र मोफसलमा २ सय भन्दा बढी डिलर सञ्चालनमा छन् ।

मोबाईल एप

नेपाल ग्याँसले कम्पोजिट सिलिण्डरको उद्घाटन कार्यक्रमकै दिन मोबाईल एप पनि सार्वजनिक गरेको थियो । एप एन्ड्रोईड मोबाईल प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ अहिले । यसमा सेफ्टी टिप्स, ग्याँस खपतको चक्र, पेट्रोलियम पदार्थको मूल्य घटबढ, नेपाल ग्याँस डिपोको लोकेसन तथा फोन नम्बर आदि फिचरहरू राखिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

६ लाख कर्मचारीलाई मंसीर १ बाट रू.१०

पुल निर्माण तथा पोषण परियोजनाका

पञ्चासेमा केबुलकार बन्ने, रू.३ अर्बको

निर्माण क्षेत्रका समस्या सल्टाउन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको

कामदार पठाउन थालेको २० वर्षपछि मलेशियासँग

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला