सरलीकृत सेवा प्रवाह नै बैंकको मुख्य रणनीति होः प्रवीण बस्नेत, डेपुटी सिईओ, कामना सेवा विकास बैँक लिमिटेड

सरलीकृत सेवा प्रवाह नै बैंकको  मुख्य रणनीति होः प्रवीण बस्नेत, डेपुटी सिईओ, कामना सेवा विकास बैँक लिमिटेड

डेढ दशकको बैंकिङ करियरमा विभिन्न वाणिज्य बैंकहरूमा काम गरेका युवा बैंकर प्रवीण बस्नेत हालै कामना सेवा विकास बैंकको डेपुटी सिईओमा नियुक्त भएका छन् । वाणिज्य बैंकका प्रायःसबै विभागको जिम्मेवारी सफलतापूर्वक सम्हालेका बस्नेत कामना सेवा बैंकलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ आएको  बताउँछन् । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएर बनेको कामना सेवा विकास बैंकले अब काठमाडौं उपत्यकामा पनि सेवा विस्तार गर्ने रणनीति बनाएको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट बस्नेत भन्छन्,‘सेवाग्राहीलाई चित्त बुझ्दो सेवा प्रदान गर्ने हाम्रो प्रयत्न रहनेछ।’

४० वर्षीय बस्नेतसँग नेपाल बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनआईसी एसिया र  माछापुच्छ्रे बैंकमा काम गरेको अनुभव छ । उनले सन् २०१० मा काठमाडौं विश्वविद्यालयबाट एक्जिक्युटिभ एम बिए गरेका हुन् । सन् २००४ मा चार्टर्ड एकाउन्टेन्सी पास गरेको २ वर्षपछि उनले ईन्फर्मेशन सिष्टम अडिटमा ईन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ ईन्डियाबाट डिप्लोमा गरे । कामना सेवा विकास बैंकको भावी योजना, बजार रणनीति र वित्तीय सुधार लगायत विषयमा केन्द्रित भएर अमरवाणी डटकमका समाचार संयोजक अभिषेक जोशीले बस्नेतसँग गरेको कुराकानी:  

करिव आधा दर्जन वाणिज्य बैंकमा काम गरेर आउनु भएको छ,धेरै बैंकमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

धेरै संस्थामा बसेर काम गर्दा बैँकिङ क्षेत्रको अवसर, चुनौती तथा खतराबारे नजिकबाट बुभ्mने मौका पाईयो । र, मैले शैक्षिक ज्ञान तथा व्यावसायिक अनुभव जुन आर्जन गरेँ, यसलाई आप्mनै नेतृत्वमा कुनै एउटा बैंक तथा वित्तीय संस्थामा  लगाउने सोचका साथ म यहाँ आएको हुँ । मेरो भित्री इच्छा एउटा राम्रो र दीर्घकालीन परिवर्तन ल्याएर देखाउँ भन्ने थियो र छ । अन्य बैंकमा काम गर्दा पनि मेरो करियर राम्रै थियो । तथापी, कामना सेवा विकास बैँकको राम्रो सम्भावना देखेर यसलाई नयाँ उचाइँमा पुर्याउने लक्ष्यका साथ आएको हुँ ।

काठमाडौंमा वाणिज्य बैंकबीच नै चर्को प्रतिशपर्धा छ, तपाई विकास बैंकलाई नयाँ उचाइँ दिने भन्नुहुन्छ, कसरी अघि बढ्ने रणनीति बनाउनु भएको छ ?

वाणिज्य बैंकको आफ्नो क्षेत्र छ, हाम्रो आफ्नै कार्यक्षेत्र छ । हामी सेवाग्राहीको चाहना बमोजिम प्रोडक्ट (सेवा) र प्रोसेस (प्रक्रिया)लाई पहिलेदेखि नै डिजाईन गर्दै आईरहेका छौँ । र, हाम्रो सफलताको स्रोत पनि त्यहि नै हो । हामी सरल र झन्झटरहित सेवा प्रदान गर्ने लक्ष्यसाथ अघि बढेका छौं । हामीले काठमाडौँमा पनि सेवाग्राहीलाई आवश्यकता अनुसार छिटो भन्दा छिटो सेवा उपलब्ध गराउन सक्यौँ; उत्कृष्ट सेवा दिनसक्यौँ भने त्यहि नै उपलब्धि हुन्छ । हाम्रो मुख्य रणनीति नै यही हो । त्यसको लागि हामीले धेरै मेहनत गर्नुपर्छ । हाम्रो चिन्तन शैली पनि अन्य बैंकको तुलनामा भिन्दै हुनुपर्छ । हामीले आप्mनै भवन खरिद गरेर कार्यालय राखेका छौँ । यसले पनि हामी दिगो रुपले जान चाहन्छौँ तथा बलियो छौँ भन्ने सन्देश दिन्छ । कामना सेवा मोफसलमा नाम चलेको भए पनि काठमाडौँका लागि नयाँ हो । 

यसका लागि कस्तो रणनीति अख्तियार गर्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा हामीले कर्पाेरेट अफिस राखेर भर्खरै काम सुरू गरेका छौँ । अब लगत्तै हामी न्यू रोड, कलंकी र गोङ्गबुमा तीनवटा शाखा खोल्दैछौँ । यसको लागि स्वीकृति पाईसकेका छौँ । चाँडै नै काठमाडौँमा थप शाखा खोल्ने योजना रहेको छ । यो आर्थिक वर्षभित्रमा काठमाडौँमा ६ ओटा शाखा खोल्ने हाम्रो योजना छ । उपत्यका बाहिर त हाम्रा शाखाहरू छँदै छन् । यस वर्ष नेपालभरी २२ ओटा शाखा पु¥याउने योजनामा छौँ । बैंकको शाख र सेवा प्रभावकारी एवम् जनमूखी बनाउन चाँडै नै  सिएसआर (कर्पाेरेट सोसियल रेस्पोन्सिबिलिटी) विभाग बनाउँदै छौँ । यसले सामाजिक उत्तरदायित्व निर्वाह गर्न विभिन्न संघ/संस्थासँग समन्वय गर्नेछ । सामाजिक उत्तरदायित्वको क्षेत्रमा कामना सेवा बैंकले नेतृत्वदायी भूमिका खेल्ने छ । त्यस्तै, हामी छुट्टै कर्पाेरेट कम्युनिकेशन विभाग पनि बनाउँदै छौँ । समग्रमा अन्तर्राष्ट्रिय अभ्यासबाट हामीले हाम्रो बैँकको गुडविल र इमेज बढाएर; प्रोडक्ट र प्रोसेसलाई सरलीकरण गरेर ग्राहकलाई खुसी बनाउने हाम्रो नीति हो ।

बैँकबाट ऋण लिने तर नतिर्ने प्रवृत्ति पनि छ, तपाईहरुले यस्तो समस्या भोग्नुभएको छैन ?

यसमा नियमनकारी निकाय नेपाल राष्ट्र बैँकका धेरै नीति तथा नियम छन् ।  बैंकिङ कसुर र अपराध ऐन पनि बनेका छन् । आजको दिनमा कसैले पनि ऋण लिएर फुत्त भाग्ने स्थिति छैन । र, त्यसमा पनि सबै बैँकले ऋण दिनुअघि पर्याप्त मात्रामा धितो मूल्यांकन गर्ने र यस्ता मूल्यांकनहरू अन्तर्राष्ट्रिय स्तरका हुन थालिसकेको अवस्थामा त्यस्तो हुने सम्भावना निकै न्यून छ ।

उद्यमी व्यापारीको गुनासो हुन्छ–हामी घाटामा छौँ । बैँकहरू सबैजसो नाफामा छन् । वास्तवमा यस्तो असन्तुलन किन ?

बैंकिङ क्षेत्र भनेको मध्यस्थकर्ता व्यापार हो । हामीले छरिएर रहेको पूँजीलाई एकत्रित गरेर, जहाँ जसलाई पूँजीको आवश्यकता छ, त्यसको मूल्यांकन गरेर ती परियोजनामा लगानी गर्ने हो । र, हाम्रो उद्देश्य भनेको कुनै ऋणीको परियोजनाबाट आप्mनो ब्याज असुल गर्ने भन्ने कदापी होईन । उहाँहरूले पनि आफ्नो लगानीको माध्यमबाट प्रतिफल पाउनुहोस् र त्यो प्रतिफलको निश्चित रकम हामीलाई तिर्नुहुन्छ भन्ने मात्र बैंकको अपेक्षा रहन्छ । त्यसकारण, यो अर्थतन्त्र स्वस्थ रहनको लागि बैँकले मात्रै नाफा गर्ने; उद्यमी व्यवसायीले नाफा नगर्ने भन्ने कुरै आउँदैन । त्यसैले, जबसम्म उहाँहरूले लगानी गर्ने राम्रो वातावरण पाउनुहुन्न, तबसम्म बैँक तथा वित्तीय संस्थाहरूको नाफा बढ्ने भन्ने कुरा आउँदैन ।

बैँकहरू नाफामुखी परियोजनामा लगानी गर्न आकर्षित हुन्छन् । कृषि लगायत उत्पादन क्षेत्रमा कम लगानी गर्छन भने जनगुनासो छ । यस्तो किन हुन्छ ?

हामीले उत्पादनशील क्षेत्रको कर्जालाई उत्तिकै प्रोत्साहन गरेका छौँ । हिजोको तुलनामा आज तपाईले हेर्नुभयो भने उत्पादनको क्षेत्रमा कर्जा प्रवाह बढ्दो मात्रामा छ । र, हाम्रो नियमनकारी निकायले पनि कति सहज गर्ने र कतिपय अवस्थामा बाध्यात्मक प्रतिशतहरूको व्यवस्था गरेको अवस्था छ । र, अहिलेसम्मको हाम्रो बैँकहरूले जुन अभ्यास गर्दै आएका थिए, त्यसमा विगत केही वर्षदेखि ठूलो परिवर्तन आईरहेको छ । र, म केमा विश्वस्त छुँ भने, उत्पादनको क्षेत्रमा पुँजीको अवतरण अँझै बढ्दै जान्छ । राम्रो नियामक प्रबन्ध भयो भने उद्यम वित्त तथा प्रारम्भिक पुँजीको रुपमा पनि बैँकहरूले लगानी गर्न सक्ने वातावरण बन्छ । त्यहि भएर राम्रो उपाय भएका; राम्रो योजना भएका युवाहरुले लगानीको कारणले पछाडि फर्केर हेर्नु नपर्ने किसिमको वातावरण भयो भने धेरै राम्रो हुन्थ्यो ।

मौद्रिक नीतिले विदेशी मुद्रामा पनि ऋण लिन पाउने व्यवस्था गरेको छ । यसले बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पार्छ ?

मौद्रिक नीति समग्र बैँक तथा वित्तिय संस्थालाई सहयोग गर्ने नीति हो । अहिलेको अवस्थामा विद्यमान समस्याहरुलाई समाधान गर्ने उद्देश्यले नै यो नीति आएको छ । त्यसैले, यो निकै महत्वपूर्ण छ । जहाँसम्म भारतीय मुद्रामा ऋण लिने कुरा छ, यो एउटा माध्यम हो । यसलाई धेरै बैँक तथा वित्तिय संस्थाले उपयोग गर्न सक्नेछन् । यो प्रक्रिया कार्यान्वयनको हिसाबले एक दुईओटा वित्तीय संस्थामा अलिक अगाडि बढेको छ । हामी ‘ख’ वर्गका संस्थाहरुको लागि चाहिँ यो विषयमा अँझै केहि समय लाग्ने देखिएको छ ।

विदेशी पैसा ऋणको रुपमा आउँदा यसले नेपाली पैसाको मूल्यमाथि असर पार्दैन ?

मैले त्यसलाई यसरी हेरेको छैन । तपाईँले संसारको जुनसुकै विकसित अर्थतन्त्र हेर्नुभयो भने त्यसको पछाडि विदेशबाट पुँजी वा लगानीको रुपमा आएको पैसा नै देखिन्छ । उदाहरणको रुपमा हामीले खाडी मुलुक तथा पश्चिमा मुलुकहरुमा हेर्न सक्छौँ । विदेशी पुँजीले त्यहाँको अर्थतन्त्रलाई विकसित हुन सहयोग गरेको छ । यहाँ पनि यो नीतिले त्यो अवसर उपलब्ध गराएको छ । यो सबैका लागि उत्तिकै उपयोगी हुन्छ भन्ने कुरो चाहिँ होईन । तर, यसको अर्थतन्त्रमा उपयोगीता चाहिँ छ । वातावरण तथा नीति नै नबनेको अवस्थामा चाहिँ यो चाहेर पनि गर्न सकिँदैन । मौद्रिक नीतिले सम्भावनाको एउटा ढोका खोलिदिएको छ । यसलाई मैले सकारात्मक रुपमा नै हेरेको छु ।

विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने सरकारले व्यवस्था गरेको छ । त्यसमा कतिपय बैँकहरू सहमत छैनन् । किन ?

विद्यार्थीले आप्mनो ज्ञान र सीपको आधारमा आप्mनो व्यापार योजनासँग गाँसेर दिनसक्यो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ । शैक्षिक प्रमाणपत्र मात्रै दिएर पैसा मात्रै लिएर नतिजा प्राप्त हुँदैन । विद्यार्थीले जुन विषयमा दक्षता हासिल गरेको छ, त्यसैको विषयसँग जोडेर योजना बनाएर पैसा लिने वातावरण बन्यो भने त्यो चाहिँ धेरै राम्रो हुन्छ । आज नेपालमा कहिले यो पढाई सिध्याउने र जागीर खाने भन्ने मनस्थिति छ । देशै नै यस्तो मानसिकताबाट ग्रसित भएकोले हाम्रो अर्थतन्त्रको विकासमा पनि प्रतिकूल असर परिरहेको छ ।

विद्यार्थीले आप्mनो सीप अनुसार आफैँले लगानी गरेर आफैँले रोजगारी सिर्जना गर्ने हो भने देशले चाहिँ काँचुली फेर्न समय लाग्दैन । यस्तो राम्रो योजना बजारमा आएको छ, यो यत्तिकै हराएर जानु हुँदैन । कतिपय संघसंस्थाले यो योजना सुचारू गरिसकेका छन् । मुख्यतयाः विद्यार्थीले हासिल गरेको दक्षता र त्योसँग सम्बन्धित व्यवसायको योजना बनाएर हामीले पनि लगानी गर्ने वातावरण भयो भने अँझै उपयुक्त हुन्छ ।  

बैँकहरूले लिने र दिने ब्याजदरको विषयमा बेला–बेला विवाद उठ्ने गरेको छ, त्यस्तो अवस्था किन आउँछ ?

हो । बेला–बेला यस्ता घटना बाहिर आएका छन् । त्यसले सिंगो अर्थतन्त्र प्रभावित हुन्छ । नियामक निकाय राष्ट्र बैंक र बैंकर्स एशोशिएन जस्ता संस्थाले पनि यो अनुभूत गरिसकेको अवस्था छ । जुन किसिमले त्यस्ता विवाद आएका थिए, त्यो हल भइसकेको छ । सबै गोलबद्ध भएर हिँडिरहेको अवस्था छ । हामी बैँक वित्तीय संस्थाले जे कार्य गर्छाैँ, बैँक वित्तीय संस्थाहरुको संगठनबाट त्यसको प्रतिक्रिया त आउँछ नै । त्यसकारण सबैले राम्रो काम ग¥यौँ भने राम्रो प्रतिक्रिया आउँछ । मुलुकको अर्थतन्त्रको विकासका लागि ब्याजदर एउटा सीमामा स्थिर रहनु एकदमै आवश्यक छ । यो कुरा सबै पक्षले बुभ्mनु भएको छ ।

विभिन्न बैंकमा काम गर्नुभयो, सम्झनलायक कामहरु के के छन् ?

धेरै संस्थामा राम्रो योगदान गरेको थिएँ । त्यही अनुरुप मेरो मूल्यांकन पनि भएको थियो । विभिन्न प्रमाणपत्र तथा सम्मान पनि पाएँ । मैले सबैभन्दा बढी सम्झन चाहेको चाहिँ, एनआईसी बैंक र एसिया बैँक मर्ज गर्न महत्वपूर्ण भूमिका खेल्ने अवसर पाएको थिएँ । तत्कालीन हाम्रो सिईओ सचिन जोशी ज्यूबाट यसको लागि मैले धेरै प्रशंसा र सम्मान पाएँ । यस बाहेक अन्य वाणिज्य बैँकहरूमा पनि राम्रो काम गरेका कारण डबल प्रमोशन पाएको थिएँ ।        

 

प्रतिकृया दिनुहोस

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री

मेट्रो रेलको परियोजना प्रतिवेदन तयारीका

प्रत्येक भान्साको तनाव व्यवस्थापक

सरलीकृत सेवा प्रवाह नै बैंकको मुख्य

२ अर्बको लगानीमा काठमाडौंमा ‘स्काई

सुर्खेतमा एक अर्ब २३ करोड वजेट फ्रिज

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला