सुर्खेतमा एक अर्ब २३ करोड वजेट फ्रिज

सुर्खेतमा एक अर्ब २३ करोड वजेट फ्रिज

दिपेन्द्र शर्मा/सुर्खेत,कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला सुर्खेतमा १ अर्ब २३ करोड बजेट फ्रिज भएको छ ।  आर्थिक वर्ष २०७४/७५ मा सञ्चालित विकास निर्माण सम्बन्धी परियोजना सम्पन्न नभएपछि वजेट फ्रिज भएको हो । समयमै काम सम्पन्न नभएपछि यति ठूलो रकम फिर्ता भएको हो ।

सुर्खेतमा गत आवमा चालू तर्फ ९ अर्ब ७७ करोड ४ लाख २ हजार मध्ये ८ अर्ब ८७ करोड ३४ लाख ९५ हजार मात्र खर्च भएको छ । यसमा ४६ करोड ९९ लाख ४८ हजार बजेट फिर्ता भएको छ ।  पूँजीगत तर्फको ९ अर्ब ६३ करोड ३८ लाख एक हजार मध्ये ८ अर्ब ८७ करोड ३४ लाख ९५ हजार वजेट मात्र खर्च भएको छ । पूँजीगत तर्फको ७६ करोड ३ लाख छ हजार वजेट फिर्ता भएको छ । जिल्लामा चालू तथा पूँजीगत गरेर  एक अर्ब २३ करोड २ लाख ५४ हजार बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक लोकप्रसाद पौडेलले जानकारी दिए  ।

एक अर्ब ८ करोड आम्दानी

सुर्खेतमा चालूवर्षमा एक अर्ब आठ करोड  राजश्व आम्दानी भएको छ  । चालू आर्थिक वर्ष ०७४/०७५ मा कर तथा गैरकरबाट उक्त रकम आम्दानी भएको हो । गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले वृद्धि भएको नियन्त्रक पौडेलले बताए । उनका अनुसार सुर्खेतमा गत वर्षमा ७२ करोड राजश्व आम्दानी भएको थियो । चालू वर्षमा यातायात सम्बन्धी कर वढयो, प्रदेशको राजधानी तोकिएसंगै सवारी साधनमा वृद्धी हुँदा अघिल्लो वर्षभन्दा यो वर्ष राजश्व वढि आम्दानी भएको पौडेलको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री

मेट्रो रेलको परियोजना प्रतिवेदन तयारीका

प्रत्येक भान्साको तनाव व्यवस्थापक

सरलीकृत सेवा प्रवाह नै बैंकको मुख्य

२ अर्बको लगानीमा काठमाडौंमा ‘स्काई

सुर्खेतमा एक अर्ब २३ करोड वजेट फ्रिज

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला