कृषि क्षेत्रको आमूल परिवर्तनका लागि कटिवद्ध छौःपाठक

  कृषि क्षेत्रको आमूल परिवर्तनका लागि कटिवद्ध छौःपाठक

साना किसान कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक सहकारी क्षेत्रमा परिचय दिइरहनुपर्ने नाम होइन । उनकै नेतृत्वमा मुलुकका झण्डै १ हजार साना किसान कृषि सहकारी संस्थाका लाखौं सदस्यहरूको आर्थिक उन्नतिमा ठूलो टेवा पुगेको छ । यतिमात्र नभएर उनी साना किसान विकास बैंकको समेत अध्यक्ष छन् । साना किसान कृषि सहकारी केन्द्रीय संघ र साना किसान बैंकको गतिविधिमा केन्द्रित रहेर अमरवाणी डट कमले पाठकसँग गरेको कुराकानीः 

अहिले साना किसान कृषि सहकारीे केन्द्रीय संघका गतिविधि कसरी अगाडि बढाइरहनु भएको छ ?

हामी अहिले नयाँ संस्थापक सदस्य थप्ने, सहकारीहरूको पहुँच बढाउने, नयाँ संस्था थप्दै जाने र पुरानाको अनुगमन निरीक्षण गरेर त्यसलाई अझ प्रवद्र्धन गर्ने कार्य अघि बढाएका छौ । अर्कातिर नेपाल कृषि सहकारी केन्द्रीय संघ मातहतका शेयर सदस्यहरूलाई व्यवसायी बनाउने अभियान चलाएका छौ । अहिले नयाँ सहकारीे ऐन आएको छ । सो ऐन/नियम बारे सदस्यहरूलाई प्रशिक्षण दिने, सजग बनाउनका निम्ति विभिन्न ठाउँमा गोष्ठीहरू आयोजना गर्दै आएका छौं । 

संघको संस्था विस्तार अभियान कहाँ पुग्यो ?

संघ विस्तार अभियान निकै प्रभावकारी ढंगले अघि बढिरहेको अवस्था छ । हामीसँग प्रत्यक्ष सदस्य संस्थाहरू १ हजार पुगेका छन् । तर, हाम्रा जिल्लामा संघको सदस्य बनेकालाई केन्द्रमा सदस्य बन्नु पर्छ भन्ने छैन । जिल्लामा हाम्रो कतिपय संस्थामा १ सय ओटासम्म सदस्य बनेका छन् । तिनले केन्द्रमा सदस्य बनिरहनु पर्दैन । जिल्लामा जुन सहकारी संस्थाहरू छन् त्यसलाई पनि हामीले केन्द्रका सदस्यको रुपमा पनि हेरेका छौँ । केन्द्रीय संघ अहिले ७२ जिल्लामा विस्तार भइसकेका अवस्था छ । छिट्टै सबै जिल्लामा पहँच पुर्याउने हाम्रो लक्ष्य छ । 

केन्द्रीय संघको सदस्य बन्ने प्रक्रिया कस्तो छ ? 

केन्द्रीय संघले साना किसान कृषि सहकारी, कृषि सहकारी र  जिल्ला सहकारी संघहरूलाई सदस्यता दिन्छ । यस्ता कृषि सहकारीहरू निरन्तर क्रियाशील त हुनुपर्छ, यस बाहेक वार्षिक साधारणसभा भएको, संस्था घाटामा नगएको, दीर्घकालका लागि अगाडी बढ्न सक्रिय भएको संस्थालाई मात्र सदस्यता दिने प्रक्रिया छ । 

कृषि सहकारी संस्थाहरुलाई व्यवसायीकरण र सुदृढीकरण गर्ने दिशामा संघको भूमिका कस्तो रहेको छ ? 

यस प्रक्रियामा संघको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।  संस्था सुदृढीकरण संघको प्राथमिक कार्य पनि हो । कमजोर अवस्थामा रहेका संस्थाहरूको ‘इन्डिकेटर’ हेरेर संस्थाको आर्थिक प्रगति, संगठनको सक्रियता, वार्षिक सदस्यवृद्धि तथा नाफा बढाएका छन् कि छैनन् , पूँजी बृद्धि भएको छ कि छैन ? गत वर्षको अनुपातमा प्रगतिमा तल माथि के भएको छ, ती सबै तथ्यहरू हरेर सम्बन्धित संस्थाकोे ३ वर्षे ५ वर्षे व्यावसायिक योजना बनाउन सघाउँछौ । त्यसैमा आधारित भएर संस्था अगाडि बढ्छ छ कि बढ्दैन ?

यस कार्यको हामीले अनुगमन गरिरहेका हुन्छौं । साथै संस्थाको सफलता पनि हेर्छौँ र अलि कमजोर संस्थामा हामी पुगेर त्यहाँ भएका कमजोरीको बारेमा सम्बन्धित पक्षहरुसँग सल्लाह दिन्छौ ।  हामीले आम सदस्यलाई पनि प्रेरणा दिँदै आएका छौ । सबै काम र सूचना प्रविधिमैत्री बनाउन कम्प्युटर प्रणालीमा जान संस्थालाई प्रेरित गर्दै आएका छौ । साना किसान कृषि सहकारी संस्थाहरूको आप्mनै पनि २२ अर्ब रुपैयाँ आप्mनै वचत छ । बैंक र सहकारी गरेर करीब ३६ अर्ब रुपैयाँ लगभग ७ लाख किसानबाट सञ्चालन भइरहेको छ । यो रकम साना किसानहरूले आप्mनै हातबाट कृषिमा लगानी गरिरहेका छन् ।

 यी त भए सैद्धान्तिक र व्यवहारिक पक्ष, कृषि सहकारीलाई आर्थिक रुपले कस्तो मद्दत पु¥याईरहनु भएको छ ?

 विशेष रुपले नेपाल कृषि सहकारी केन्द्रीय संघले दिने सेवा र प्रारम्भिक संस्थाले सदस्यलाई दिने सेवा फरक हुन्छ । केन्द्रीय संघले व्यक्तिगत भन्दा पनि संस्थालाई दिगो गराउन मद्दत गर्ने नीति लिएको छ । खासगरी यसले कृषि सहकारीहरूलाई आर्थिक सहयोगभन्दा पनि क्षमता अभिवृद्धिका लागि सघाउँछ, गैर वित्तीय सेवा दिन्छ । गैर वित्तीय सेवाभित्र तालीम, विविध प्रशिक्षण, नमूना सहकारी र विदेशमा समेत भ्रमण गराउन सहयोगी निकायसँग समन्वय गर्ने, सम्पर्क गराई दिने, संस्थाको दिगो विकास गर्न विभिन्न खालका तालीम चलाउने जस्ता कामहरू संघले गर्ने हो । वित्तीय सेवा चाहिँ आफ्ना सदस्यहरुलाई प्रारम्भिक संस्थाले मात्र दिन्छ ।

तपाई तत्कालीन साना किसान विकास बैङ्क हालको साना किसान विकास लघुवित्त वित्तीय संस्था (एसकेडीबीएल)  को अध्यक्ष पनि हुनुहुन्छ । यसले साना किसान साना कृषि सहकारी संस्थाहरूमा ठूलो लगानी गर्दै आएको छ । अहिले लगानीको अवस्था कस्तो छ ? 

विशेष गरी साना किसान विकास बैङ्कले कृषि सहकारी संस्थाहरुलाई वित्तीय सहयोग प्रदान गर्दै आएको छ । वित्तीय सेवा दिने साना किसान विकास बैङ्कले विशेष गरी ठूला बैङ्कको पहुँच नपुगेको गाउँमा लगानी गरिरहेको छ । त्यहाँ साना किसान कृषि सहकारी संस्था मार्फत लगानी प्रवद्र्धन गर्ने हो । साना किसान कृषि सहकारी संस्था चाहिँ साना किसान विकास बैङ्कको पार्टनर संस्था हो । त्यस्ता संस्थालाई साना किसान विकास बैङ्कले सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ ।  त्यतिमात्र नभएर एसियाली विकास बैङ्क जस्ता संस्थासँग कर्जा लिएर बैंकले भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधी घरहरु बनाउने, तालीम दिने, त्यहाँका किसानहरुलाई ५० हजारसम्म आय आर्जन बढाउने खाले कर्जा प्रवाह गर्ने, किसानका घरहरु उज्यालो बनाउने कार्यक्रम र बीमाका कार्य समेत गर्दैआएको छ । बैंकले पशुपालन क्षेत्रमा प्रवाह गरेको कर्जाबाट अहिले मुलुकभर राम्रो परिणाम देखाउन थालेको छ ।   

बैंकबाट अहिले कति कृषि सहकारी संस्थाले वित्तीय सहयोग लिएका छन् ? 

अहिलेसम्म बैंकको तथ्याङ्क हेर्दा ५ सय साना किसान कृषि सहकारी संस्थाले बैंकबाट सहुलियत कर्जा लिएर आफ्ना सदस्यहरूलाई वित्तीय सहयोग गरिरहेका छन् । बैंकका कूल ७ सय पार्टनर सहकारी मध्ये सरदर ५ सय संस्थाले साना किसान विकास बैङ्कबाट विविध खालका सेवाहरु लगेर आप्mना सदस्यलाई सेवा प्रदान गर्दै आएका छन् र यो कार्य वढ्दो क्रममा छ ।   

बैंकले के आधारमा वित्तीय सहयोग प्रदान गर्छ ? 

नगरपालिका, उप—महानगरपालिका र महा–नगरपालिकामा साना किसान विकास बैङ्कले लगानी गरेको हुँदैन । बैंकको एउटा निश्चित क्षेत्र छ । त्यसमा पनि साना किसान विकास बैङ्कको आप्mनै नियम छ । ४ सय सदस्य पुगेको २० लाख भन्दा बढी कारोबार गरेको, राष्ट्र बैङ्कले तोकेको नियम नपुगेका संस्थाहरु यस बैङ्कमा आबद्ध छैनन् । तर, अहिले साना किसान विकास बैङ्कको मोडलमै विकास भएर गएका संस्थाहरु र उनीहरुको नजिक आएर कारोबार गर्न लागेका ७ सय संस्थाहरुले बैङ्कसँग नै कारोबार गर्छन । तर, अहिले ठ्याक्कै बैङ्कमा आएका कार्यक्रमहरु लैजाने संस्थाहरु भने ५ सय मात्र छन् । 

साना किसान विकास बैङ्कको रकम लक्षित संस्थासम्म कति प्रवाह भएको छ ?

  फिल्डमा हाम्रो विशेषगरी २ किसिमको कार्यक्रमहरु छन् । एउटा ऋण,ऋण चाहिँ साना किसान विकास बैङ्कको माध्यमबाट करीब १४ अर्ब रुपैयाँ किसानको हातमा पुगेको अवस्था छ । त्यो केबल पशुपालन क्षेत्रमा मात्र केन्द्रित छ । पशुपालनमा मासु उत्पादन गर्ने र दूध उत्पादन गर्ने दुई शीर्षकमा रकम प्रवाह गरिन्छ । बैंकले नेपाल सरकारसँग त्यो पैसा ल्याएर ऋण लगानी गर्ने गर्छ । यता भूकम्पमा परेका पिडीत किसानलाई जीविकोपार्जन कर्जा पनि प्रवाह गरिरहेका छ । जीविकोपार्जनका लागि एउटा किसान सदस्यलाई रू. ५० हजारका दरले झण्डै ५५ करोड रुपैयाँ त्यस्तो कर्जा फिल्डमा पुगेको छ । 

केन्द्रीय संघको भावी कार्यक्रमहरु के–के छन् ? 

संघको आगामी कार्यक्रम विशेष गरेर प्रारम्भिक संस्थाहरूलाई  ऋण सदुपयोग गर्न सिकाउने, चेतना दिने , सीप सिकाउने र सदस्यहरूलाई व्यवसायी बनाउने जस्ता काममा केन्द्रित छ । कृषकहरुले उत्पादन गरेका बस्तुहरु बजारसम्म पु¥याउन हामीे २/३ ओटा कुरामा केन्द्रित छौँ । त्यसकालागि गोदाम बनाउने, कोल्ड स्टोर बनाउने , भण्डारण गराउने र संकलन केन्द्र बनाउने कुरामा हामी लागेका छौँ । किसानले उत्पादन गरेका वस्तुहरु तत्काल बिक्री गर्दा मूल्य नआउने भयो भने कोल्ड स्टोरमा राख्ने वा प्रोसेसिङ्ग गर्ने र प्रशोधन उद्योगहरु बनाउने काम पनि अघि वढाएका छौं । झापाको पृथ्वी नगरमा किसानले उत्पादन गरेको चियापत्ती प्रशोधनका लागि त्यहाँ उद्योग स्थापन गरिएको छ । अहिले त्यहाँ किसानलाई चियापत्ती बिक्री भएन, समयमा पैसा पाएनौँ मूल्य पाएनौँ कसरी बेच्ने भन्ने कुनै कुराको चिन्ता छैन । महारानीझोडामा ठूलो मात्रामा तरकारी खेती सुरू भएको छ । त्यहाँ गाई, माछा र तरकारी फर्म छ । ठुलो मात्रामा धान उत्पादन हुन्छ । अनि, त्यहाँ ठुलो मात्रामा मकैको बीऊ उत्पादन हुन्छ । 

साना किसान विकास बैङ्कले सदस्य सहकारी संस्थाका प्रतिनिधिलाई इजरायल पठाउने कार्यक्रमबाट कस्तो उपलब्धि भएको छ ? 

अहिलेसम्म २१ सय युवा किसानहरु इजरायल पुगिसके । त्यसमध्ये ५० प्रतिशत नेपाल फर्केर आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छन् । विशेषगरी संघको नेटवर्क रहेको ६९ जिल्लामा यो कार्यक्रम विस्तार भएको छ । इजरायल पठाउने क्रम जारी छ । कृषि सम्बन्धी सीप सिकेर आएका युवाहरुले नेपालमा विविध प्रकारका कृषि फर्महरू सञ्चानमा ल्याएका छन् । समग्रमा यो कार्यक्रम नेपालको कृषि सुधारका लागि अत्यन्त प्रभावकारी ठहरिएको छ र नेपाली युवा किसानको इमान्दारिता र कर्मठताबाट प्रभावित भएर इजरायलीहरुले प्रशिक्षार्थीहरुको कोटा थप्दै आएको छ ।    

 

 

प्रतिकृया दिनुहोस

निर्माण व्यवसायी महासंघको चियापान

तीन महीनामा आठ अर्ब बराबरको सवारीसाधन

नेपालको अर्थतन्त्रमा धानको महत्व,

अबदेखि नेपालका आफ्नै ग्यास बुलेटले

राम्रो काम गर्ने निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघको

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला