बुढीगण्डकी अहिलेकै डिजाइनमा बनाउन सकिँदैन : ज्ञानेन्द्रलाल प्रधान 

 बुढीगण्डकी अहिलेकै डिजाइनमा बनाउन सकिँदैन : ज्ञानेन्द्रलाल प्रधान 

 काठमाडौं । बुढीगण्डकी परियोजना अहिलेकै मोडलमा बनाउन नसकिने उर्जा उद्यमी ईन्जिनीयर ज्ञानेन्द्रलाल प्रधानले बताएका छन् । 

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानले भने,‘बुढीगण्डकी परियोजनाको अहिलेको डिजाईन वा मोडेल काम लाग्दैन्, यो प्रोजेक्ट बनाउनको लागि हामीले रि–डिजाईन गर्नुपछ ।’  अहिलेको कन्क्रिट आर्ट ड्याम्पको डिजाईन ब्रष्ट भयो भने यसले ठूलो भौतिक तथा मानवीय क्षति हुन्छ, नेपालका चितवन, नवलपरासीमात्रै होईन, भारत र बंगलादेशमा समेत यसले क्षति पुर्याउँछ ।’ उनले बुढीगण्डकीको अहिलेको ड्याम्पको उचाई धेरै अग्लो भएकोले यसको हाईट घटाउनको लागि डिजाईन परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

उनले थपे,‘अहिलेको डिजाईनको ड्याम्प ब्रस्ट भयो भने कम्तिमा ९ देखि १० करोड मानिसको मृत्यु हुन्छ।’ प्रधानले बुढीगण्डकी परियोजना ‘अर्थ फिल विथ कन्क्रिट कोर’ डिजाईनमा बनाउँदा उत्तम हुने सुझाए ।  अहिलेकै डिजाईनमा यो परियोजना अघि बढाउन भारतले पनि नमान्ने उनको जिकिर छ । उक्त परियोजना १२ सय मेगावाटबाट घटाएर ७८० मेगावाटको मात्रै बनाउनुपर्ने पनि उनको भनाई छ । उनले भने,‘बुढीगण्डकी परियोजना रोक्नुहुँदैन, यसलाई अगाडि बढाउनुपर्छ, तर रि–डिजाईन गर्नुपर्छ, रि–डिजाईन नगरे यो प्रोजेक्ट हाईडा बम बन्नसक्छ, डिजाईन परिवर्तन गरियो भने १.७ बिलियनमै बन्न सक्छ।’ प्रधानले ‘संघीयतामा जलविद्युतको अपरिहार्यता’ शीर्षकमा नयाँ अवधारणा समेत सार्वजनिक गरेका छन् । उनले ७ प्रदेशमध्ये २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा प्रचुर मात्रामा जलश्रोतको विकासको सम्भावना रहेको औंल्याएका छन् ।

  प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै चीन भ्रमणमा जाने भएकोले जलविद्युतको विकासको लागि एक प्रदेश एक परियोजना लिएर जानुपर्ने प्रधानमन्त्रीको सुझाव छ । उनले भने,‘नेपालले आफ्नो पुँजीलेमात्रै जलविद्युतको विकास गर्न सक्दैन्, चीन पैसा दिन तयार छ, हामीले प्रस्ताव लिएर जानुपर्यो, प्रधानमन्त्री चीन जाने दिन आईसक्यो, तर हामीसँग तयारी केही पनि छैन्।’ उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा तत्काल ७.५ बिलियन अमेरिकी डलरको सम्झौता हुन सक्ने बताए । तर यसको लागि नेपाल सरकारले तयारी गर्नुपर्ने उनको भनाई थियो । उनले भने,‘करिब ३ हजार मेगावाटको लागि ७.५ बिलियन अमेरिकी डलरको सम्झौता हुनसक्छ, हामीले प्रोजेक्टको तयारी गर्नुपर्छ, चीनीयाँहरुलाई बुझाउन सजिलोको लागि चीनियाँ भाषामै प्रस्ताव तयार गर्नुपर्छ ।’ प्रधानले यसको लागि प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्रालय विज्ञ टोली बीचको विशेष टिमको व्यवस्था गर्न सकिने पनि धारणा राखेका छन् । 

उनले अघि सारेको अवधारणमा प्रदेश नम्बर १ मा २२८२० मेगावाट, २ नम्बर प्रदेशमा ३४१, ३ नम्बर प्रदेशमा १२१२७ मेगावाट, ४ नम्बर प्रदेशमा १६५७८ मेगावाट, ५ नम्बर प्रदेशमा ३६३८ मेगावाट, ६ नम्बर १७७९९ मेगावाट र ७ नम्बर प्रदेशमा ९६८५ मेगावाटको उत्पादन क्षमता रहेको उल्लेख गरिएको छ ।  प्रधानले सार्वजनिक गरेको अवधराणमा भनिएको छ,‘जलविद्युत विकासमा सर्वप्रथम पानीको उपभोगलाई प्रथम प्राथमिकता (स्टोरेज, प्रोर) मा राखी बेसिन जलविद्युत विकास योजना बनाउन सके माथि उल्लेखित मेगावाट भन्दा झण्डै दोब्बर मेगावाट उत्पादन हुने, पानीको उपभोगबाट कृषि उत्पादन, बाढी नियन्त्रण लगायतमा अतिरिक्त लाभ लिन सकिने र हाम्रो लागि आवश्यक ५४ करोड लाख परिवारको खान पकाउन आयातीत ग्याँस र धुवाँ भएको वन पैदावार खपत गर्ने अवैज्ञानिक खाना बनाउने व्यवस्थालाई स्वच्छ सफा विद्युत उर्जाले प्रतिस्थापन गर्न सकिन्छ।’

 

प्रतिकृया दिनुहोस

निर्माण व्यवसायी महासंघको चियापान

तीन महीनामा आठ अर्ब बराबरको सवारीसाधन

नेपालको अर्थतन्त्रमा धानको महत्व,

अबदेखि नेपालका आफ्नै ग्यास बुलेटले

राम्रो काम गर्ने निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघको

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला