पुननिर्माण प्राधिकरणलाई थप डेढ खर्ब रुपैयाँ चाहिन्छ सिईओ: भुषाल

पुननिर्माण प्राधिकरणलाई थप डेढ खर्ब रुपैयाँ चाहिन्छ सिईओ: भुषाल

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सिईओ) युवराज भुषालले भूकम्प पीडितका लागि आगामी बजेटमा प्राधिकरणलाई थप डेढ खर्ब रुपैयाँ आवश्यक रहेकोले बताएका छन् ।  बिहीबार काठमार्डौमा आयोजित कार्यक्रममा बोल्दै भुषालले यस्तो बताएका हुन् ।

उनले भने,‘आगामी वर्षको बजेटमा प्राधिकरणलाई कम्तीमा डेढ खर्ब बजेट विनियोजन हुनुपर्छ, निजी आवासको पूर्ननिर्माण र जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नुपर्नेछ ।’  भुषालले १५ खर्बभन्दा बढिको बजेट ल्याउन नहुने पनि धारणा राखे । उनले भने,‘बाहिरबाट सहयोग, अनुदान वा ऋण आउँछ कि भनेर भर पर्नुहुँदैन्, हामीले नेपालको वस्तुनिष्ठ भएर बजेट ल्याउनुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा. शंकर शर्माले विकास निर्माणका कामलाई बजेट कम भएको बताए । नेपालमा पछिल्लो समय वित्तीय अनुशासन कमजोर रहेकोले भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा शर्माको जोड थियो । शर्माले नेपालमा एडीबी र विश्व बैंकको सहयोग बढिरहेकोले नेपालले प्रोजेक्ट बैंकको तयारी गर्नुपर्ने बताए । निजी क्षेत्रको लगानी बढाउनेगरि बजेट आउनुपर्ने सुझाव थियो ।  पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले नयाँ बजेट कम्तिमा पनि १८ खर्बको बजेट आउन सक्ने बताए ।

बजेट कार्यान्वयनको पक्षमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । क्षेत्रीले वर्तमान सरकारले कर्मचारीको तलब वृद्धि गर्न सक्नेपनि संकेत गरे । उनले भने,‘प्रधानमन्त्रीले एउटा कार्यक्रममा जयालादारी कामदारको तलव वृद्धि गर्छु भन्नुभएको छ, विकास निर्माणको कामलाई कार्यान्वयन गर्न कर्मचारीलाई विश्वासमा लिनुपर्छ, त्यसो हुँदा तलव वृद्धिपनि हुन सक्छ।’ अर्थविद् डा. चन्द्रमणि अधिकारीले अब ल्याउने नीति तथा कार्यक्रमहरुमा संविधान बमोजिमका प्राथमिकताहरु तय गर्नुपर्ने सुझाए । मुलुक संघीयता कार्यान्वयन गर्ने चरणमा रहेकोले यो वर्षको बजेटको चाप बढ्नेपनि उनले जनाए ।  उ

नका अनुसार आगामी आर्थिक वर्षको बजेटको आकार १६ खर्ब समेत पुग्न सक्छ । यद्धपी उनले बजेटको आकारभन्दा खर्च गर्न सक्ने क्षमता बढाउन सरकारलाई सुझाव दिए ।  सरकारले १ खर्ब लगानी गर्दा निजी क्षेत्रले कम्तिमा पनि ३ खर्ब लगानी गर्ने भएकोले यतातर्फ पनि वर्तमान सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

निर्माण व्यवसायी महासंघको चियापान

तीन महीनामा आठ अर्ब बराबरको सवारीसाधन

नेपालको अर्थतन्त्रमा धानको महत्व,

अबदेखि नेपालका आफ्नै ग्यास बुलेटले

राम्रो काम गर्ने निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघको

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला