१६ अंकले घट्यो नेप्से

१६ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.४९ बिन्दु अर्थात् करीब एक प्रतिशतले घटेर २४९.७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत ओरालो लागेको छ । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बाँकी दश उपसमूहको शेयर भने ओरालो लागेको छ । अन्य उपसमूह ०.६८ बिन्दुले बढ्दा बैंकिङ ११.३३, होटल ६०.११, विकास बैंक १८.१९, जलविद्युत् २९।६, वित्त ४.५१, निर्जीवन बीमा १२४.२९, उत्पादन ६७.६, लघुवित्त ३०.३२, जीवन बीमा ८०.८८ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेका छन् ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक करोड ८० लाख ६३ हजार ४४७ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको हो । यस्तै गण्डकी विकास बैंकको संस्थापक शेयर रु एक करोड ६५ लाख ६२ हजार ५९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ४९ लाख १९ हजार ९५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड एक लाख ६२ हजार ७२५, लक्ष्मी बैंक रु ७६ लाख ४९ हजार र नेपाल बैंक लिमिटेडको रु ६८ लाख ५१ हजार १०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।

 

प्रतिकृया दिनुहोस

१६ अंकले घट्यो नेप्से

टि एशोशिएसनमा नयाँ नेतृत्व चयन,अध्यक्षमा

भुक्तानी सेवा प्रवाह गर्न पे टाईमले

महालक्ष्मीको नयाँ शाखा शंखमुलमा

स्वयम्भुनाथ परिसरमा क्लासिक टेकको

महालक्ष्मीको नयाँ शाखा तीनचुलीमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला