मौद्रिक नीतिमा ‘बिग मर्जर’लाई विशेष प्रोत्साहन

    मौद्रिक नीतिमा ‘बिग मर्जर’लाई विशेष प्रोत्साहन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिग मर्जरमा जान बाणिज्य बैंकहरूलाई प्रोत्साहन गरेको छ । बुधबार २०७६/७७ को मौद्रिक नीतिले मर्जरमा जाने बैंकलाई विभिन्न सहुलियत प्रदान गर्ने उल्लेख गरेको छ ।

गभर्नर डा. चिरञ्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै २०७७ असार मसान्तसम्ममा एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका लागि विद्यमान व्यवस्थाका अतिरिक्त थप सहुलियत दिने बताए ।

यसरी मर्ज भएका बैंकको नियमनका लागि छुट्टै नियामक निकाय हुनेछ । मर्जरले धेरै ठूला हुने बैंकको नियमन गर्न छुट्टै व्यवस्था गर्ने राष्ट्र बैंकले बताएको छ । मौद्रिक नीतिको बुँदा नं १०४ मा भनिएको छ, ‘प्रणालीगत रुपमा महत्वपूर्ण बैंकको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै व्यवस्था गरिनेछ ।’

यस्ताछन् राष्ट्र बैंकले प्रदान गर्ने सहुलियत

(क) कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्‍याउनु पर्ने अवधि २०७८ असार मसान्त कायम गरिने

(ख) कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने,

(ग) शाखा विस्तार गर्न यस बैंकको स्वीकृति लिनु नपर्ने,

(घ) सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने, (ङ) चुक्तापूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु पर्ने अवधि २०७८ असार मसान्त कायम गरिने ।

प्रतिकृया दिनुहोस

महालक्ष्मीको नयाँ शाखा धरानमा

राष्ट्रिय बीमा कम्पनीले आर्जन गर्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब

महालक्ष्मी विकास बैंकको ९८ औं शाखा

मौद्रिक नीतिमा ‘बिग मर्जर’लाई विशेष

विकास बैंकतर्फ उत्कृष्ट बीपीए अवार्ड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला