ज्योति र हाम्रो विकास बैंकको एकीकृत कारोबार शुरू,ज्योति देशकै ठूलो विकास बैंक बन्यो

     ज्योति र हाम्रो विकास बैंकको एकीकृत कारोबार शुरू,ज्योति देशकै ठूलो विकास बैंक बन्यो

काठमाडौं । ज्योति विकास बैंक र हाम्रो विकास बैंक नुवाकोटको शुक्रबारबाट एकीकृत कारोबार सुरू भएको छ । नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकीकृत कारोबारको शुभारम्भ गरेका छन् ।

सो अवसरमा रेग्मीले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि झनै बलियो हुने भन्दै बैंकिङ्ग सेवा अझै चुस्त दुरुस्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले दुई बैंकबीच एकीकृत कारोबार शुभारम्भले थप जिम्मेवारी बढेको बताए ।  हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले नागरिकलाई सरल र सहज सेवा प्रदान गर्न १० वर्ष अगाडी स्थापना भएको हाम्रो विकास बैंकले नागरिक र देशको लागि योगदान दिएको र उक्त कार्य अव अझ विस्तारित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले एकीकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पुँजीको हिसावले सबै भन्दा ठुलो विकास बैंक भएको, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताए ।

एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६अर्व ३८ करोड र कर्जा २३ अर्व ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, एटीएम संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ । बैंकको चुक्ता पुँजी ३ अर्व १० करोड पुगेको छ ।

प्रतिकृया दिनुहोस

महालक्ष्मीमा ‘मेरो बचत खाता’ खोल्दा

ज्योति र हाम्रो विकास बैंकको एकीकृत

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स

शेयर बजार ७ अङ्कले गिरावट

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला