शेयर बजार ७ अङ्कले गिरावट

शेयर बजार ७ अङ्कले गिरावट

काठमाडौँ । पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार बिहीबार पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले घटेर २४२.४७ विन्दुमा पुगेको छ । स्टकका अनुसार बिहीबार कूल १७१ कम्पनीको नौ लाख ४७ हजार ७२६ कित्ता शेयर रु २७ करोड २४ लाख ९४ हजार ५६५ मूल्यमा खरीद बिक्री भएका छन् ।

कारोवार भएका ११ उपसमूहमध्ये बिहीबार चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । होटल १.०३, विकास बैंक २.७६, उत्पादन १.१६ र अन्य उपसमूह ०.७७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१९, व्यापार २.७९, जलविद्युत् ५.१८, वित्त १.३७, निर्जीवन बीमा ६९.१८, लघुवित्त १०.४६ र जीवन बीमा ६१.७६ विन्दुले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड चार लाख ४२ हजार ९७० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ८२ लाख ९० हजार ८८०, सिटिजन बैंकको रु ९६ लाख ८७ हजार ६०३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको रु ९३ लाख ६५ हजार ४३१, एनआइसी एशिया बैंकको रु ८८ लाख सात हजार ८७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

महालक्ष्मीको ९६ औं शाखा भाटभटेनीमा

महालक्ष्मीको नयाँ शाखा कावासोतीमा

प्राइम कमर्सियल बैंकले अधिकृत पूँजी

सनराइज बैंकको हेल्थ केयर कार्ड, भारतमा

प्राइम बैंकमा सञ्चालकको निर्वाचन

महालक्ष्मीको शाखा मैतीदेवीमा

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला