ज्योति विकास बैंकका एकै दिन ५ नयाँ शाखा

           ज्योति विकास बैंकका एकै दिन ५ नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले प्रदेश नं १ र २ को विभिन्न जिल्लामा एकै दिन ५ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बुधबार सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको हो । हरिवन नगरपालिका– ११, हरिवनमा रहेको नयाँ शाखाको नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।  

सप्तरीस्थित रुपनी गाउँपालिका– १, रुपनीबजारमा स्थापित शाखाको गाँउपालिकाका प्रमुख हरेराम यादव र बैंकका संचालक छत्रमान श्रेष्ठ, बाराको परवानीपुर गाउँपालिका– ३ मा रहेको नयाँ शाखाको नेपाल राष्ट्र बैक वीरगञ्जका निर्देशक रवीन्द्र महर्जन र बैंकका सञ्चालक कोइरालाले संयुक्त रुपमा उद्घाटन गरे ।

त्यस्तै निजगढ नगरपालिका– ९, सहिदचोकमा स्थापित शाखाको नगरपालिकाका मेयर सुरेश कुमार खनाल र बैंकका संचालक नारायणप्रसाद पौड्यालले गरे । त्रियुगा नगरपालिका– ११, गाईघाट शाखाको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र बैँकका संचालक जगदीश्वर प्रसाद अधिकारीले गरे ।

यी समेत बैंकले ८५  शाखा र २२ ओटा एटीएममार्पmत देशभर सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ ओटा नयाँ शाखा र २७ स्थानमा एटीएम सञ्चालन प्रक्रियामा रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

महालक्ष्मीको ९६ औं शाखा भाटभटेनीमा

महालक्ष्मीको नयाँ शाखा कावासोतीमा

प्राइम कमर्सियल बैंकले अधिकृत पूँजी

सनराइज बैंकको हेल्थ केयर कार्ड, भारतमा

प्राइम बैंकमा सञ्चालकको निर्वाचन

महालक्ष्मीको शाखा मैतीदेवीमा

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला