सनराइज बैंकको एकैसाथ ६ प्रादेशिक कार्यालय

 सनराइज बैंकको एकैसाथ ६  प्रादेशिक कार्यालय

काठमाडौं । सनराइज बैंक लिमिटेडले एकसाथ ६ ओटा प्रदेशमा प्रादेशिक शाखा विस्तार गरेको छ ।

क्षेत्रका सेवाग्राही र शाखाहरूको नियमन तथा नियन्त्रणका लागि बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय ईटहरी, प्रदेश नं २ को लाहान, प्रदेश नं ४ को पोखरा , प्रदेश नं ५ को बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कैलाली अत्तरियामा प्रादेशिक शाखा स्थापना गरेको छ ।

प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखाको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका काम छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने बताइएको छ ।

उक्त प्रादेशिक कार्यालयको सामुहिक समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, संचालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरे ।

बैंकले १०२ ओटा शाखा, २८ ओटा शाखारहित बैंकिङ्ग सेवा, ४ ओटा एक्सटेन्सन काउण्टर, ११४ ओटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

सनराइज बैंकको एकैसाथ ६ प्रादेशिक

सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच

टिच फर नेपाललाई सनसाइज बैंकको ५ लाख

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक

जनता बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स

नेपाल मेडीसिटी र माछापुच्छ्रे बैंक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला