काठमाडौं । देशभर सेवा विस्तार गर्ने क्रममा महालक्ष्मी विकास बैंक लिमिटेडले बुधबार तनहुँको व्यास नगरपालिका–३, सफासडकमा दमौली स्थापना गरेको छ । शाखाको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने उद्घाटन गरे ।
शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा ८५ ओटा शाखा तथा ३५ ओटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २७ अर्ब ४ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ ।
प्रकाशित १९ मङ्गसिर २0७५ , बुधबार | 2018-12-05 09:38:44
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार