पोखरा र वीरगञ्जमा महालक्ष्मीका २ शाखा

           पोखरा र वीरगञ्जमा महालक्ष्मीका २ शाखा

 काठमाडौं । महालक्ष्मी विकास बैंक थप दुइ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले असोजमा १४ कास्कीको, पोखरा लेखनाथ महानगरपालिका– ३०, स्थित सिसुवा शाखा स्थापना गरेको हो । त्यस्तै वीरगञ्ज महानगरपालिका– १२ श्रीपुरमा शाखा स्थापना गरेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सिसुवा शाखाको उद्घाटन उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृष्णहरि भण्डारीले गर्नुभएको थियो भने श्रीपुरमा विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले शाखा औपचारिक उद्घाटन गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले ग्राहकको सेवालाई सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने बताए । बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने उनले बताए ।

महालक्ष्मी बैंकले देशभर ७६ ओटा शाखा तथा ३५ ओटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकका ग्राहकको संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ । महालक्ष्मीको चुक्ता पुँजी रू. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म करिब रू. २६ अर्ब ३४ करोड निक्षेप संकलन गरी रू. २२ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ ।

 

प्रतिकृया दिनुहोस

जनता बैंकको रसुवामा ३ दिने निःशुल्क

ज्योति विकास बैंक र स्टार हस्पिटल

मुक्तिनाथ विकास बैंकको साधारण सभा

महालक्ष्मीको शाखा हसुलिया र अत्तरियामा

जनता बैंककाे ८.५० प्रतिशत लाभांश प्रस्ताव

ज्योतिको शाखा घान्द्रुकमा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला