दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन्:महानिर्देशक हमाल

दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन्:महानिर्देशक हमाल

काठमाडौं ६, असोज । दशै, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन र ट्राफिक व्यवस्थापनमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् ।

 रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरेका छन् । उनले भने,‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’

उनले काठमाडौं बाहिर जाने कोहीपनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने दाबी गरे । उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ ओटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको जानकारी दिए । नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए । उनले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए ।

हिजोमात्रै नेपालगञ्जमा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेशबीच छलफल भएको सुनाउँदै सबैले मिलेर व्यवस्थापन गर्ने कुरा भएको पनि उनले जनाए । महानिर्देशक हमालले भाडा पूरानै कायम गरिएको जनाए । तर, डिलक्स र सुपरडिलक्सको लागि भने क्रमशः २०–२० प्रतिशत भाडा थप हुने उनको भनाई छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको बताए । उनले भने,‘साउनमा मात्रै हामीले एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएका छन् । १६० फर्मलाई त २० लाखसम्म जरिवाना गराएका छौं ।’ चाडपर्वको मुखमा कालोबजारी र मुल्यवृद्धि गरेको पाईए तत्काल कारबाही गर्ने पनि उनले चेतावनी दिए । खाद्यान्नदेखि लत्ताकपडासम्म अनुगमन भैरहेको उनको भनाई छ ।

अनुगमन गर्दा हाम्रो व्यवसाय चौपट बनाउन लागेको भन्दै आफूहरुलाई थर्काउने काम भएको पनि उनले गुनासो पोखे । अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको पनि सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको सुनाए । उनले सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दिएको सुनाए ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे । उनले भने,‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोहीअनुसारको टा«फिक व्यवस्थापन गरेका छौं । सवारी आवागमन धेरै छ, किनमेल गर्न जानेदेखि लिएर अन्य कुराको भीड छ ।

हामीले पनि त्यहीअनुसारको सुरक्षा व्यवस्था गरिराखेका छौं ।’ उनले अहिले टा«फिक प्रहरीको जनशिक्त १३ हजार ६८ जना रहेको भन्दैे २ हजार १४ जना काठमाडौंमा मात्रै खटिररहेका छन् । उनले भने,‘६÷७ सय सवारी एक जना टा«फिक प्रहरीले हेर्नुपरेको छ । त्यस्तै, ‘हिट एण्ड रन’ का घट्नापनि बढेकोले आफूहरुले त्यसको लागि धेरै जनशक्ति थपेको उनले सुनाए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाएका छन् । उनले भने,‘अहिले सरकारी नाटक सुरु भएको छ । बास्तविक अनुगमन भएकै छैन् ।’ उनले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनलाई अहिले भ्याईनभ्याई भएको टिप्पणी गरे । उनले भने,‘एकजनालाई धेरै जिम्मेवारी दिईएको छ, त्यसैले उहाँलाई भ्याईनभ्याई छ ।’ बानियाँले अहिले बजार बजारजस्तो नभएको पनि टिप्पणी गरे । उनले भने,‘अहिले उपभोक्तालाई लुट्ने काम भैरहेको छ । सरकारले बजार हेरेकै छैन् । विभाग अहिले अलमलिएको छ । जनता लुटिएका छन् ।’

उनले यातायात व्यवसायीहरुले एजेण्टको काम गरेको सुनाए । उनले यात्रुलाई दुःख र सास्ती नदिनपनि व्यवसायीहरुसमक्ष आग्रह गरे । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए ।

सिटौलालले भने,‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाडौं बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्नेगरि गृहकार्यमा जुटेका छौं ।’ उनले यसपटक आफूहरुले अनलाईनमार्फत टिकट बुकिङ गर्ने अपेक्षा गरेपनि अन्तिम समयमा आएर त्यस्तो व्यवस्था गर्न नसकेको सुनाए ।

उनले भने,‘अनलाईनमार्फत बुकिङ हुनुपर्दथ्यो, तर लाईन बस्नु पर्यो त्यो दुर्भाग्य हो । यातायातमा मात्रै होईन, सबै क्षेत्रमा यही बेतिथि छ, हामीले यो प्रथाको अन्त्य गर्नुपर्छ ।’

 

 

 

 

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला