‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक उपकूलपति’

 ‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक उपकूलपति’

स्काई राई/काठमाडौं । सरकारले नेपाली साहित्यका विशिष्ट साधक एवम् प्रसिद्ध इतिहासविद् स्व. बालचन्द्र शर्मालाई उचित सम्मान गर्न नसकेको बताइएको छ । बिहीबार काठमाडौंमा बालचन्द्र स्मृतिसभा परिवारले आयोजना गरेको उनको जन्म शताब्दी समारोहका वक्ताहरूले यस्तो गुनासो गरेका हुन् ।  

कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ सहित्यकार बासुदेव त्रिपाठीले शर्माले प्रज्ञाप्रतिष्ठान निर्माणमा अतुलनीय योगदान पुर्याएको चर्चा गर्दै उनकै बारे अहिले प्रतिष्ठानले खोजविन नगर्नु दुखद पक्ष भएको बताए । वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालले शर्मा प्रज्ञाप्रतिष्ठानको संस्थापक उपकूलपति भएपनि उनलाई प्रतिष्ठानले प्राज्ञका रुपमा उचित सम्मान गर्न नसकेको टिप्पणी गरे । उनले भने,‘जन्म शताब्दी समारोह प्रज्ञाप्रतिष्ठानले आयोजना गर्नु पर्ने हो तर चासो दिएको देखिएन ।’

बालचन्द्र स्मृतिसभा परिवारका सदस्य सचिव एवम् वरिष्ठ साहित्यकार पशुपति वहुमुखी क्याम्पसको क्याम्पस प्रमुख प्रयागराज भट्टराईले बालचन्द्र शर्मा सहित्यका विशिष्ट साधक,समालोचक,कोशाकार र राजनीतिज्ञ तथा कुटनीतिज्ञका रुपममा छवी बनाएका व्यक्तित्व भएको स्मरण गरे । भट्टराईका अनुसार संस्थाले उनका विविध पक्षमाथि खोज÷अनुसन्धान गर्दै आएको छ ।

संस्थाले शर्माको स्मृति दिवशको अवसर पारेर विभिन्न क्षेत्रको साधकहरूलाई सम्मान गर्दै आएपनि २०७२ सालको भुकम्पपछि सो कार्य गर्न नसकेको जानकारी सदस्य सचिव भट्टराईले जानकारी दिए । कार्यक्रममा शर्माकी छोरी कल्पना घिमिरेले नेपाली साहित्यको महान हस्ती शर्माको अभाव सधै खड्किरहने बताइन् ।  

   

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला