गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पुर्याएको छःराष्टपति भण्डारी

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पुर्याएको छःराष्टपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको बताउनुभएको छ ।

गौरापर्वको शुभकामना सन्देश दिँदै उहाँले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको बताउनुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पु¥याउने विश्वास लिएको छु ।”

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना

त्यस्तैगरी  राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले श्रीकृष्णजन्माष्टमीजस्ता ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पु¥याएको बताउनुभएको छ ।   

 “हाम्रा सांस्कृतिक सम्पदा, प्रचलन र मान्यता राष्ट्रिय जीवनका अमूल्य निधि हुन्”, सन्देशमा उहाँले भन्नुभएको छ, “मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवद्र्धधन गर्नु हामी सबैको साझा दायित्व हो ।” उहाँले श्रीकृष्ण जन्माष्टमी पर्वले हामीबीच सदाचार, सत्कर्म, प्रेम र करुणा जागृत गर्न सकोस् भनी कामनासमेत व्यक्त गर्नुभएको छ ।    

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला